खाद्य उद्योग अनुमतीपत्र जारी तथा नविकरण सेवा अनलाईन प्रणालीवाट सेवा शुभारम्भ

काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सरकारी सेवालाई अनलाइनबाट प्रदान गर्ने रणनीति अन्तर्गत खाद्य उद्योग दर्ताको सिफारिस, अनुमतीपत्र जारी तथा नविकरण सेवा भदौं ज्ञठ गते देखि अनलाइन प्रणाली मार्फत उपलब्ध गराउने व्यवस्था प्रारम्भ गरेको छ। खाद्य उद्योगी व्यवसायीले www.neffils.dftqc.gov.np साइटबाट यो सेवा उपयोग गर्न सक्नेछन। यस प्रणालीलाई विभागले Nepal’s Food and Feed Industry Licensing System (NeFFILS) नामाकरण गरेको छ।

Advertisement 1

खाद्य उद्योगीलाई NeFFILS  प्रणाली संचालन सम्वन्धी अभिमुखिकरण तथा तालिम कार्यक्रम आज २०८२।ण्छ।ज्ञठ गते खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको सभाहलमा विभागका महानिर्दशक श्री संजीव कुमार कर्णको अध्यक्षतामा सम्पन्न भयो। यस कार्यक्रमा काठमाण्डौ ललितपुर भक्तपुर काभ्रेपलान्चोक क्षेत्रका ७० भन्दा बढी खाद्य उद्योगीहरु सहभागी रहेका थिए। कार्यक्रममा उद्योगी व्यवसायीहरुको विभिन्न छाता संगठनका प्रतिनिधिहरु समेत उपस्थिति रहेको थियो।

कार्यक्रममा NeFFILS प्रणालीवाट उद्योगीहरुले कसरी सेवा लिने सम्वन्धी डेमोन्सट्रेशन तथा सेवा लिने जानकारी सम्वन्धी भिडियो प्रस्तुत गरिएको थियो। कार्यक्रममा सहभागीले छलफलमा भाग लिदै यस प्रणालीवाट खाद्य उद्योगीले सहज तथा छिटो छरितो एवं पारदर्शी सेवा प्राप्त हुने कुरामा विश्वास व्यक्त गरे। प्रणाली बनाउदैमा सेवा सुदृढ नहुने यसका लागी विभागका कर्मचारीहरुको तर्परता तथा सहयोगी भएमा प्रणाली सफल हुने अन्यथा पहिलेकै अवस्था फर्किने सक्ने भन्दै व्यवसायीहरुले चासो व्यक्त गरेका थिए।

Advertisement 2

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा २६९ठ० बमोजिम विभागले प्रवाह गर्ने सेवा प्रभावकारी ढङ्गले प्रवाह गर्न आवश्यकता अनुसार विद्युतीय प्रणाली विकास गरी प्रयोगमा ल्याउने व्यवस्था भएकोले सो ऐनको दफा ८ बमोजिम खाद्य उद्योग दर्ताको सिफारिस, दफा ९ बमोजिम खाद्य उद्योगले अनुमतिपत्र तथा दफा १० बमोजिम खाद्य उद्योगको अनुमतिपत्र मान्य अवधि र नवीकरण लगायतको सेवा प्राप्त हुनेछ।

कार्यक्रमलाई संवोधन गर्दैं विभागका महानिर्देशकज्यूले यस प्रमाणीका विषेषता तथा फाईदाको बारेमा जानकारी गराए। उहाँले यस प्रणालीको प्रयोगवाट अनुमतीपत्र जारी तथा नविकरणका सम्पूर्ण चरणहरू अब अनलाइनबाटै पूरा गर्न सकिने र आवेदकले आवश्यक विवरण र कागजातहरू प्रणालीमै अपलोड गर्न सक्ने भएकाले Paperless र Faceless सेवा अघि बढ्ने, सेवाग्राहीले आफ्नो आवेदनको स्थिति(Pending, Approved or Rejected) सजिलै अनलाइनमै हेर्न सक्ने, Email बाटै सूचना एवं जानकारी प्राप्त हुने, अनुमतीपत्र र सम्पूर्ण अभिलेखहरू सुरक्षित रूपमा डिजिटल रूपमा संग्रह हुने, पारदर्शिता र जवाफदेहिता वृद्धि हुने भएकोले कार्यमा ढिलाइ हुने सम्भावना न्यून भई सेवाग्राही लाभान्वित हुने बताए।

Advertisement 3

यसका साथै खाद्य उद्योगीले देशका जुनसुकै स्थानबाट पनि इन्टरनेट प्रयोग गरी सेवामा पहुँच हुने हुँदा कार्यालय धाईरहनु पर्ने आवश्यकता हट्न गई समय, श्रम र खर्चमा ठूलो बचत हुने बताए। प्रणालीले कार्यमा पारदर्शी,Traceable (पहिचान पद्धति),), File trace, उद्योग अनुगमन निरीक्षण चुस्ट दुरुस्त समेत हुनेछ। यसका साथै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यो अनलाइन प्रणालीलाई निरन्तर सुधार र सुदृढ पार्दै जाने साथै सेवाग्राहीका सुझाव र प्रतिक्रियालाई आत्मसात गर्दै प्रणालीलाई अझ प्रयोगमैत्री, सरल र प्रभावकारी बनाउँदै लैजाने र देशैभरिका कार्यालयबाट कार्यान्वयनमा ल्याउने विभागको योजना रहेको महानिर्देशक संजीव कुमार कर्णले जानकारी गराए।

यस NeFFILS प्रणालीबाट हाल काठमाण्डौ र हेटौडावाट सेवा संचालन रहेको र चाढै नै अन्य सबै कार्यालयबाट समेत सेवा संचालनमा आउने प्रवक्ता मोहन कृष्ण महर्जनले जानकारी गराएका छन्।

 

 

 

 

 

प्रकाशित :२०८२ भाद्र १८, बुधबार ०९:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry