गञ्जागोल मर्यादाक्रमको

यो मर्यादाक्रमका बारेमा लेखुँ कि नलेखुँ हुन्छ भन्या । सत्य कुरा लेखुँ मलाई मन नपराउनेहरु बढेको बढ्यै नलेखुँ मनले मान्दैन ।
पहिलो कुरो त मर्यादा भन्ने कुरो मनदेखि आदर सम्मान गर्न सक्ने अवस्थाका आधारमा निर्धारण हुने हो । जबर्जस्ती लादेको मर्यादाक्रम भनेको शाब्दिक भण्डार मात्र हो । तसर्थ अरुले मनदेखि आदर, कदर, सम्मान गर्न सक्ने खालको काम पदमा रहेर गरेमात्र मर्यादा मिल्छ । त्यसका लागि चिन्तित ब्यक्ति भेट्नै गाह्रो भैसक्यो ।
दोस्रो कुरो पद, जिम्मेवारी र उसले गर्न सक्ने सेवा, सहयोग एवं कामका आधारमा तय गरिएको पदका आधारमा मर्यादाक्रम बनाइन्छ । त्यसरी बनाउदा कुन पद पदसोपान वा स्तरमा माथिल्लो कुन तल्लो भन्ने कुराको विश्लेषण त हुनैपर्ने हो ।
विश्वविद्यालयको उपप्राध्यापक भन्दा मा वि प्रथम तहको शिक्षक माथि राखिएको देखियो । उमेरले सानो भयो भनेर हजुरबाको छोरालाई भाइ भनिन्न होला । बाउको छोरो भन्दा आफ्नो छोरो जेठो हुँदैमा दाइ भन्न नि नमिल्ला । मा वि शिक्षकको पद भनेको प्रथम, द्वितीय, तृतीय जुन भएनि उ मा वि कै शिक्षक हो । मा वि का शिक्षकलाई वृत्ति विकास, सम्मान र सुविधाका लागि, उत्प्रेरित गर्नका लागि तीन तहमा वर्गीकृत गरिएको हो भन्ने पनि नबुझेको देखियो । मा वि शिक्षक भनेर अगाडि नै पद छँदैछ अनि उपप्राध्यापक भन्दा माथि कसरी ? कार्यालय सहयोगी, सवारी चालकलाई पनि त्यै सिद्धान्त का आधारमा पाँचवटा तहमा वर्गीकृत गरिएको छ । पाँचौ श्रेणीको सवारी चालकलाई शाखा अधिकृतको मर्यादाक्रममा त पक्कै राखिएको छैन होला ? तलब स्केल त शाखा अधिकृत बराबर नै छ ।
फेरि मा वि प्रथम शिक्षकलाई रा प प्रथम श्रेणीको मर्यादाक्रममा राख्ने हो भने नि मा वि प्रथमलाई रा प द्वितीयमा किन नराख्ने ? प्रा वि प्रथमलाई रा प तृतीयको मर्यादाक्रममा किन नराख्ने ? यो गन्जागोल मर्यादाक्रम नबनाउँ न हो ।
बनाउने नै हो भने नेपाल सरकारको शाखा अधिकृत, रा प तृतीय श्रेणीको अधिकृत, मा वि प्रथम, मा वि द्वितीय, मा वि तृतीय श्रेणीको शिक्षक भनेर राख्ने हो । यो सबैभन्दा माथिल्लोमा विश्वविद्यालयको उपप्राध्यापक हुन्छ ।

प्रकाशित :२०८० कार्तिक १४, मंगलवार १०:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry