बैंक र सरकारी कार्यालयहरू एक चौथाई कर्मचारी राखेर सञ्चालन गर्ने सीसीएमसीको निर्णय

कोरोना रोकथाम तथा नियन्त्रण केन्द्रीय व्यवस्थापन तथा समन्वय केन्द्र (सिसिएमसी) को बैठकले भारतसँग सीमा जोडिएका विभिन्न नाका बन्द गर्ने सिफारिश गरेको छ ।
कोभिड १९ संकट व्यवस्थापन केन्द्रले नेपाल भारतबीच रहेका १३ नाकामात्रै खुला गर्ने निर्णय गरेको हो । भारतसँगको साना–ठूला तर मुख्य आउजाउ हुने ३५ नाकामध्ये १३ वटा मात्रै खुल्ला गर्ने निर्णय गरेको हो । अब १३ वटा नाकाबाट मात्र आवातजावत गर्न पाइने भएको छ ।
Advertisement 1
काँकडभिट्टा, जोगवी, पशुपतिनगर, भिट्टामोड, गौर, वीरगन्ज, बेलहिया, कृष्णनगर, जमुना, मुलघाट, झुलाघाट, गौरिफन्टा र गड्डाचौकी नाका मात्रै सञ्चालनमा आउनेछन् ।
यस्तै,सीसीएमसीको बैठकले बैठकले एक चौथाई सरकारी कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । यस्तै, वित्तीय संस्थाहरूमा एक चौथाइ कर्मचारी उपस्थित हुने गरी मात्र सञ्चालनमा ल्याउने निर्णय गरेको हो।
उक्त नियम निषेधाज्ञा भएका जिल्लामा मात्रै लागू हुनेछ ।
Advertisement 2
त्यस्तै सार्वजनिक निर्माणका सम्पूर्ण कार्य बन्द गर्ने, सञ्चालन हुने उद्योगले मजदुर तथा कर्मचारीलाई उद्योग परिसरभित्रै खाने बस्ने व्यवस्था गर्नुपर्ने छ । सीसीएमसीले गरेका निर्णय मन्त्रिपरिषद्लाई सिफारिस गर्ने र मन्त्रिपरिषद्बाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।