लिखित परीक्षामा सम्मिलित ६ हजार २३ उमेद्धारबाट अन्तर्वार्ताका लागि छानिए यी ३४१ (नामावलीसहित)
लोकसेवा आयोगले शाखा अधिकृतको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
Advertisement 1
आयोगले प्रशासन सेवा (सामान्य प्रशासन,लेखा राजश्व),लेखापरीक्षण र परराष्ट्र सेवाका लागि गत असोज २८,२९,३० र कार्तिक १ गते लिएको परीक्षाको लिखित नतिजा सार्वजनिक गरेको हो ।
प्रशासन सेवा (सामान्य प्रशासन,लेखा राजश्व),लेखापरीक्षण समूहतर्फ २३८ जनाका लागि खुलाइएको विज्ञापनमा परीक्षामा सम्मिलित ५७४६ उमेद्धारमध्ये ३३६ उमेद्धार अन्तर्वार्ताका लागि छनौंटमा परेका छन् ।
यस्तै परराष्ट्र सेवातर्फ २ जना माग भएकोमा लिखित परीक्षामा सम्मिलित २७७ उमेद्धारमध्येबाट ५ जना अन्तर्वार्ताका लागि छानिएका छन् ।
प्रकाशित :२०७९ पुष ९, शनिबार ०६:४४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%