विकासको अवधारणा
उच्चारण गर्न सजिलो शव्दहरु मध्यको एक शव्द हो विकास । राजनितिक प्रशासनिक आर्थिक तथा सामाजिक क्षेत्रमा सवैभन्दा वढि प्रयोग हुने शव्द नै विकास हो । चियापसल, संचार माध्यम, नेताको भाषण, वौद्धिक वहस,जहातही टिका टिप्पणी आलोचना र छलफलको विषयमा उच्चारण हुने शव्द नै विकास हो । विकास शव्द मात्र नभएर यो एउटा महत्वपूर्ण अवधारण नै वन्न पुगेको छ । त्यसैले यहाँ छोटकरीमा विकासको अवधारणाका वारेमा चर्चा गरिएको छ ।
Advertisement 1
विकासको अवधारणा – विकास भन्नाले सकरात्मक परिवर्तन हो । जसले समाजका सवै पक्षको परिवर्तन वा सुधारको अपेक्षा राखेको हुन्छ । सामान्यतया हामी विकास भन्नाले नाप्न सकिने,तौलन सकिने,देख्न वा अनुभुती गर्न सकिने भनेर वुझने गर्दछौ । विकास एक वहुआयायिक विषय पनि हो । आर्थिक रुपमा विकास भन्नाले प्रतिव्यक्ति आम्दानीमा वृद्धि,कुल ग्राहस्थ उत्पादनमा वढोत्तरी, हो भने सामाजिक परिवर्तन,सामाजिक सुधार,र सामाजिक सद्भाव तथा एकतालाई समाजशास्त्रले विकासको परिभाषामा राखेको पाइन्छ साथै शैक्षिक ,सिपयुक्त ,रोजगार तथा सभ्य जनशक्ति लाइ नै मानवशास्त्रले विकासको रुपमा व्याख्या गरेको पाइन्छ ।
अर्थशास्त्रका पिता एडम स्मिथले खुला अर्थतन्त्रको अवधारणलाई विकासको मुख्य आधार मानेका छन भने कार्लमाक्सले वर्ग संघर्ष र श्रमिकको हितलाई नै विकास भनेको पाइन्छ । नेपाली शव्दकोषमा विकास भन्नाले क्रमश सुधार हुदै गएको स्थिति, उन्नती, उत्तरोत्तर वा क्रमिक परिवर्तन,हुर्केको वा सप्रेको अवस्था, वृद्धि विस्तार वा फैलावट भन्ने वुझिन्छ भनेर उल्लेख गरेको छ ।
सन् १९८० को दशक भन्दा अगाडि विकास केवल आर्थिक वृद्धि सगँ मात्र सम्वन्धीत थियो । सन् १९८० को दशक सगै विगतको परम्परागत विकासको अवधारणमा व्यापक परिवर्तन भई मानविय पक्षसगँ जोडिन थाल्यो जसले गरिवी असमानता वेरोजगारी हटाउन सकेमात्र साचो विकास हुन सक्छ भन्ने मान्यतालाई जोड दियो । विकास एक वहुआयामिक विषय भएको हुदाँ समाज वा राष्ट्रको सम्पुर्ण पक्ष सगँ यसको अन्तरसम्वन्ध रहेको हुन्छ । जुन सम्वन्ध मुख्यतया निम्न पक्षसगँ रहेको पाइन्छ ।
राजनीतिक पक्ष– लोकतान्त्रिक राजनीतिक तथा प्रशासनिक व्यवस्था,आवधिक स्वतन्त्र र निष्पक्ष निर्वाचन, नागरिकको जिउ धन स्वतन्त्रता र समानताको संरक्षण,मानव अधिकारको मुल्य मान्यताको आत्मसाथ स्वच्छ र प्रतिस्पर्धी जनमतको कदर, राजनीति र सरकारको स्थिरता जस्ता राजनीति सगँ सम्वन्धीत विषय वस्तु नै विकासका लागि आवश्यक मानिन्छ ।
सामाजिक पक्ष– नागरिकको महत्वपूण सरोकारका विषयहरु खासगरि शिक्षा,स्वास्थ्य,पोषण,सुरक्षा, सामाजिक एकता, सद्भाव, सामाजिक सम्वन्धको विकास, भेदभावको अन्त,सामाजिक रुपमा कमजोर पक्षको उत्थान, सहिष्ण्ुातामा आधारित सामाजिक सास्कृतिक मुल्यको विकास,सास्कृतिक विविधताको सम्मान,जुनसुकै किसिमका सामाजिक अन्याय, भेदभाव र असमानताको अन्त हुने विषयवस्तु सगँ सम्वन्धीत विषय नै सामाजिक विकास मान्न सकिन्छ ।
आर्थिक पक्ष– प्रतिव्यक्ति आयमा ,कुल ग्राहस्थ उत्पादनमा र राष्ट्रिय उत्पादनमा वृद्धि, औधोगिक विकास,पूर्वाधार विकास,शहरी विकास, उपलव्ध साधन र श्रोतको वुद्धिमतापुर्ण परिचालन वाट आर्थिक वुद्धि,श्रोत र साधनको परिचालनवाट प्राप्त उपलव्धीको न्यायोचित वितरण गरि आर्थिक असमानताको अन्त गर्न गरिने सवै क्रियाकलाप लाई नै आर्थिक विकास का रुपमा लिन सकिन्छ ।
Advertisement 2
मानविय पक्ष– शिक्षित सभ्य र सुसंस्कृत मानव संसाधनको विकास, सिपयुक्त र कर्तव्यनिष्ठ नागरिक उत्पादन, नागरिक आफ्नो कर्तव्य प्रति सचेत र अधिकार प्रति जागरुक,श्रमको सम्मान,श्रम प्रति सकरात्मक सोच भएका स्वस्थ नागरिक नै विकासका लागि मानविय पक्ष सगँ सम्वन्धीत विषय भित्र पर्दछ ।
संगठनात्मक पक्ष– लोकतान्त्रिक शासन प्रणाली अनुरुप विभिन्न राजनितिक प्रशासनिक र सामाजिक संगठनहरुको स्थापना साथै प्रचलित लोकतान्त्रिक विधि कानुन प्रक्रिया अनुरुप चल्ने प्रणालीको विकास नै संगठनात्मक पक्ष भित्र पर्दछ । भने संगठनात्मक पक्षमा निजी क्षेत्र र सहकारीको समेत संलग्नता गराइन्छ ।सो अनुरुप नीति तथा कार्यनीति को विकास गरि गरिने विकास नै संगठनात्मक पक्ष सगँ सम्वन्धीत विषय विकासको संगठनात्मक पक्ष सगँ सम्विन्धित अवधारण हो ।
Advertisement 3
विकास शव्द जती सरल छ त्यती नै यसलाई प्राप्त गर्न कठिन भइरहेको छ । वहुआयामिक र वहुपक्षसगँ सम्वन्धीत विकास को अवधारणमा समयको विकास क्रम सगै परिमार्जन हुदै आइरहेको पाइन्छ । विकासको परम्परागत अवधारणमा परिवर्तन भई हाल विकास गर्ने काम एक देशको एकल प्रयासले मात्र सम्भव देखिदैन त्यसकारण विश्वव्यापी रुपमा नै विभिन्न संघ संगठनहरु स्थापना सगै लक्ष्य तथा उद्धेश्यहरु पहिचान गरि साझा एजेण्डा र सहकार्य को विकास भएको पाइन्छ । जसमा सहश्राव्दी विकास लक्ष्य,गरिवि निवारण,लैङ्गिक शसक्तिकरण,समावेशिकरण, जलवायु परिवर्तन, वातावरण संरक्षण जस्ता विषय वस्तुलाई केन्द्र विन्दुमा राखी विश्व तथा क्षेत्रिय स्तरवाट विकासको नयाँ नयाँ अवधारणको खोजी हुन पुगेको छ । कुनै एक देशको गरिवी,वायु प्रदुषण,वा मानविय संकट त्यस देशको मात्र सरोकार र भुगोल भित्रको समस्या नभई विश्वव्यापी रुपमा छलफल तथा साझा प्रयासमा रुपान्तरण भएको पाइन्छ ।
अन्तमा
विकास गतिशिल,वहुआयामिक,आवश्यक र अधिकार पनि हो । यसको प्राप्ती सहज छैन । सात दशक भन्दा अगाडि देखि योजनावद्ध रुपमा नेपालमा हुन थालेको विकास प्रयासको मार्ग अझ स्पष्ट हुन सकेको छैन । विकासमा लगानी गर्ने संयन्त्र निर्माण भएका छन, विकासका साझेदार सहयोग गर्न तयार छन,लगानी कर्ता लगानी गर्न तयार छन, तापनि हाम्रो विकासको गतिमा किन अलमल देखिन्छ ? के सडकको लम्वाई नाप्नु मात्र हो र विकास, निर्मित भौतिक संरचनाको गन्तीमा नै विकासको गति वढ्ने गर्दछ ? कुनै पनि विषय वस्तुको परिमाणमा मात्र केन्द्रित हुने वा गुणात्मकता तर्फ पनि ध्यान दिने? विकासलाई मागको आधारमा अगाडि वढाउने हो वा दान को रुपमा दिने हो ? यि र यस्तै अनुत्तरित विषयका वारेमा छलफल गर्न धेरै नै ढिला भइसकेको होइन र ? सवै सरोकारवाला ले विकासको परिभाषालाई एउटै वनाउने,श्रमको सम्मान गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने, देशको मुल कानुनले अंगिकार गरेको तिन खम्वे अर्थनिति लागु गर्ने, हाम्रो देशलाई उपयुक्त हुने विकासको मोडेल निर्माण गरि समन्वयात्मक रुपमा स्पष्ट लक्ष्यका साथ अगाडि वढ्न सकेमा विकास शव्द जति सरल छ हामी सवैको पहलकदमी वाट त्यसको प्राप्ती पनि त्यती नै सरल र सहज वनाउन अरुको मुख ताक्नु पर्छ होला र ।