सामाजिक सद्भाव तथा राष्ट्रिय एकता कायम गर्न नेपाली सेनाको अनुरोध

काठमाडौं। नेपाली सेनाले विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कामय राख्दै संयमित हुन सम्पूर्ण युवा जनशक्ति र देशवासीमा अनुरोध गरेको छ।
Advertisement 1
सेनाले आज १ अनुरोध जारी गर्दै यस विषयम परिस्थितिमा देशको ऐतिहासिक, साँस्कृतिक, पुरातात्विक र राष्ट्रिय सम्पतिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व भएको जनाएको छ।
सेनाले भनेको छ, “नेपाल र नेपाली जनताको हित र सुरक्षामा सदैव समर्पित नेपाली सेनाले हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जीउधनको रक्षा गर्न प्रतिबद्ध रहीआएको छ।”
Advertisement 2
सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय एकताको रक्षा र नेपाली जनताको जीउधनको सुरक्षाका लागि नेपाली सेना प्रतिबद्ध रही आएको उल्लेख गरेको छ।
नेपालमा हाल भइरहेको जेन्जी आन्दोलनका विकसित घटनाक्रमबारे विश्लेषण गरिरहेको जनाउँदै सेनाले यस आन्दोलनका क्रममा हुन पुगेको जनधनको अपुरणीय क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै दिवङ्गत आत्माको चीरशान्तिको कामना गरेको छ।
Advertisement 3
साथै शोक सन्तप्त परिवारजनप्रति नेपाली सेनाले हार्दिक समवेदना र सहानुभूति व्यक्त गरेको छ। सेनाले घाइते बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ।