काठमाडौंको चोकचोकमा कडा चेकजाँच, हेर्नुहोस् तस्बिर

काठमाडौं उपत्यकाका अहिले बिहान ६ बजेदेखि निषेधाज्ञा लागेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रमुख जिल्ला अधिकारीहरूद्वारा सोमबार नै जारी छुट्टाछुट्टै आदेश अनुसार अत्यावश्यक बाहेकका सबै सेवा सञ्चालनमा रोक लगाइएको छ ।
सरकारले दुई साताका लागि उपत्यकामा निषेधाज्ञा लगाएको हो ।
Advertisement 1
कोरोना भाइरसको बढ्दो संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि स्थानीय प्रशासनले पहिलो चरणमा वैशाख २२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञापछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । प्रशासनले अत्यावश्यकबाहेकका त्यस्ता सवारीसाधन सञ्चालनमा रोक लगाएपनि कतिपयले निषेधाज्ञा उलंघन गर्न सक्ने भएकाले चेकजाँचलाई कडा पारेको छ ।
प्रहरीले राजधानीका चोकचोकमा कडा चेकजाँच गरिरहेको छ भने पास बिना सञ्चालित यातायातका साधनलाई होल्ड गरेको छ ।