नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले असार ६ गते काठमाडौं महानगरपालिकाद्वारा आयोजित ’काठमाडौं महानगर सिप मेला २०८२’ मा संस्थागत साझेदारी गरेको छ। कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेलामा सहभागिता जनाएको हो।
महानगरपालिकाले सञ्चालनमा ल्याएको ‘सिप मेला २०८२’ को मुख्य उद्देश्य सिप नभएकाहरूलाई सिप सिकाउने र आधारभूत सिप भएकाहरूलाई थप दक्ष बनाउने हो। मेलामा रोजगारी र आय वृद्धिको माध्यमबाट काठमाडौँको समृद्धि हासिल गर्ने लक्ष्य लिएको छ। मेला अन्तर्गत १० विधामा ३७ पेशासँग सम्बन्धित तालिमहरू पूर्ण रूपमा निःशुल्क प्रदान गरिँदैछन्।

Advertisement 1

सामाजिक उत्तरदायित्वप्रति नेपाल लाइफको समर्पण
काठमाडौं महानगरपालिकाको यस अभियानमा सहभागी हुन पाउदा खुसी लागेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए। उनले भने “जब ‘सिप मेला २०८२’ को प्रस्ताव नेपाल लाइफमा आयो, हामीले यसलाई अवसरमात्र नभई युवालाई सशक्त बनाउन र स्वरोजगारको बाटो देखाउन सकिने महत्वपूर्ण अभियानका रूपमा लियौं। यो मेलाले ३० भन्दा बढी विभिन्न तालिमहरूमार्फत युवा जनशक्तिको माग र आपूर्तिको सन्तुलन कायम गर्न सहयोग पु¥याउनेछ।“
उनले थपे, “हामीले यो प्रस्तावलाई संस्थागत साझेदारको रूपमा स्वीकार गर्यौं, किनभने यसले युवालाई मार्गदर्शन, सिप र सुरक्षा दिने मात्र होइन, उनीहरूको भविष्य निर्माण गर्ने सम्भावनाको ढोका खोल्दछ।“

सिप मेला केवल एउटा कार्यक्रम होइन, सामाजिक परिवर्तनको अभियान हो। जहाँ युवाहरूको आत्मनिर्भरता र देशको समृद्धिको सम्भावना समेटिएको छ। हामी गर्व गर्छौं जब युवाहरू सक्षम बन्छन्, जब उनीहरूले रोजगारी सिर्जना गर्छन्।“ नेपाल लाइफको भनाइ छ।
सिप मेलामा नेपालभरिका युवाहरू सहभागी छन्। कोही पहिलोपटक अवसर खोज्दै, कोही जीवनलाई नयाँ दिशा दिँदै छन्। मेलाले उनीहरूलाई चाहिएको सिप, अवसर, हौसला र संरचना प्रदान गर्न केन्द्रित छ।

Advertisement 2

काठमाडौं महानगरपालिकाका प्रतिनिधि देवेन्द्र केसीका अनुसार, “’रोजगार र आयबृद्धि, काठमाडौँको समृद्धि’ भन्ने नाराका साथ मेलाले तीन वर्षे योजना अन्तर्गत कार्य गरिरहेको छ, जुन राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्दछ। मेलामा निजी क्षेत्रसँगको सहकार्य उल्लेखनीय छ, जसमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सहभागिता विशेष प्रशंसनीय छ।“

लक्षित वर्ग र तालिम व्यवस्थापन
सिप मेला विशेष गरी काठमाडौं महानगर क्षेत्रमा बसोबास गरिरहेका स्थायी वा अस्थायी बासिन्दा, करदाताहरू, ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका बासिन्दा, बेरोजगार युवा (महिला–पुरुष), विदेशबाट फर्किएर काम खोज्दै गरेका व्यक्तिहरूलाई लक्षित गरेर सञ्चालन गरिएको हो।
तालिमहरू हरेक दिन तीन सिफ्टमा सञ्चालन हुँदै आइरहेका छन्। विहान ७ बजे सुरु भएको तालिम ११ बजे सकिन्छ । ११ बजे सुरु भएको तालिम ३ बजे सकिन्छ । ३ बजे सुरु भएको तालिम साँझ ७ बजे सकिन्छ । एउटा कक्षामा २५ जनालाई राखिएको छ । सिप मेलामा एक सहभागीले भने, “म यो तालिममा सहभागी हुन पाउँदा निकै खुसी छु। मलाई विश्वास छ, यसले मलाई रोजगारको अवसर दिन्छ र मेरो भविष्य अझ राम्रो बनाउँछ।”

Advertisement 3

हाल कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । कम्पनीमा हालसम्म वैदेशिक रोजगार समेत गरि ३० लाख भन्दा बढी बीमितहरु रहेका छन् । ग्राहकहरूको हितलाई ध्यानमा राखी कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

भिडियो लिंक ः

हरेक युवामा केही गरौं भन्ने चाहना हुन्छ।त्यही चाहनालाई मध्यनजर गर्दै, नेपाल लाइफले काठमाडौँ महानगरद्वारा आयोजित सिप मेला २०८२ मा सहकार्य गरेको छ। किनभने हामी विश्वाश गर्छौ आत्मनिर्भर युवा नै समृद्ध नेपालको आधार हुन्।#NepalLife #SipMela2082 #YouthEmpowerment #SkillForFuture #kinajiwanamulyachha

Posted by Nepal Life Insurance Company Limited on Wednesday, June 18, 2025
प्रकाशित :२०८२ असार ६, शुक्रबार १७:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry