निमित्त प्रशासकीय अधिकृत बनाउदा झडप, जनप्रतिनिधि भित्रै थुनिए

काठमाडौं। सप्तरीको राजविराज नगरपालिकामा भोगेन्द्र यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत पदमा पदभार ग्रहण गराउन खोज्दा झडप भएको छ।
Advertisement 1
झडपका क्रममा नगरपालिकाको कार्यालयमै कार्यवाहक मेयर इसरत परविनसहित केही वडाध्यक्ष र उपमेयरका समर्थकहरू भित्रै थुनिएका हुन।
एक जनप्रतिनिधिका अनुसार बाहिर आन्दोलन चर्काएपछि उनीहरु करिब ४ घण्टादेखि बाहिर निस्किन सकीरहेका छैनन् भने कार्यालयमा नेपाल प्रहरी परिचालन गरिएको छ।
Advertisement 2
मेयर भीमराज यादवले भ्रष्टाचार भइरहेको भन्दै ३ दिनदेखि कार्यालयमा तालाबन्दी गरेका छन्। तर, ताला फोडेर उपमेयर परविनले निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवलाई पदभार ग्रहण गराउन खोज्दा झडप भएको हो।
उक्त प्रदर्शनका क्रममा झडप हुँदा केही कर्मचारीमाथि पनि कुटपिट भएको छ।
प्रकाशित :२०८२ जेष्ठ २८, मंगलवार १७:४२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%