प्रहरीका एआईजीहरुको सरुवा तयारी
बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गर्न लागिएको छ ।
Advertisement 1
महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख एआईजी हरि बहादुर पाललाई ७ महिनामै सरुवा लार्ग लागिएको प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले बताए ।
मानव श्रोत तथा प्रशासन विभागमा एआईजी विश्वराज पोखरेल र कार्य विभागमा प्रधुम्न कार्कीलाई सरुवा गर्न प्रस्ताव गरिएको छ । अपराध अनुसन्धान विभागमा गतसाता बढुवा सिफारिस भएका सहकुलबहादुर थापालाई पदस्थापन गर्न प्रस्ताव गरिएको छ । गृह मन्त्रालयका एक उच्च अधिकारीकाअनुसार पाललाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरेर महानगरीय प्रहरी कार्यालयमा निरजबहादुर शाहीलाई पठाउन प्रहरी प्रधान कार्यालयले प्रस्ताव पठाएको छ ।
प्रकाशित :२०७८ असार २४, बिहीबार १४:४१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%