राष्ट्रिय क्रिकेट टोलीको कन्सल्ट्यान्टमा पोथास नियुक्त

काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान)ले स्कटल्यान्डमा आयोजना हुने आइसिसी विश्वकप क्रिकेट लिग–२ का लागि कन्सल्ट्यान्ट प्रशिक्षकका रूपमा दक्षिण अफ्रिकी प्रशिक्षक निक पोथासलाई नियुक्त गरेको छ।
Advertisement 1
राष्ट्रिय क्रिकेट टोलीको कन्सल्ट्यान्टमा पोथासलाई नियुक्त गरिएको क्यानद्वारा आज जारी प्रेस विज्ञपतिमा जनाइएको छ। यसअघि उनीसँग श्रीलंका, वेस्टइन्डिज र बंगलादेशका राष्ट्रिय टोलीसँग आबद्ध रहेको अनुभव छ।
नेपाली राष्ट्रिय क्रिकेट पुरुष टोली आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रंखलाको तयारीमा छ। यही जेठ १९ देखि २९ गतेसम्म स्कटल्यान्डमा हुने उक्त श्रृंखलामा नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्सले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन्। पोथसको सहयोगमा नेपाली टोलीले प्रदर्शनमा सुधारसहित उत्कृष्ट खेल्ने अपेक्षा गरिएको क्यानका जनाएको छ।