नेकपा विभाजनको असर मन्त्रीको घरमा :- दम्पतिको बाटो अलग-अलग

नेकपा पार्टी विभाजनको असर यस्तोसम्म छ कि पती ओली क्याम्पसमा पसेर मन्त्रीको झण्डा हल्लाउने,पत्नी चाहिँ प्रधानमन्त्रीकै विरुद्ध सडक तताउने । यही कारण पार्टी विभाजनका कारण पती पत्नीसमेत अलग अलग बाटो हिड्न विवश भएका छन् ।
यस्तो स्थितीमा पुगेका हुन् हालै मात्र युवा तथा खेलकुद मन्त्री बनेका दावा लामा र उनकी धर्मपत्नी कुमारी मोक्तान । दावा पूर्व माओवादी । चुनाव उठेर पराजय बेहोरेका । कुमारी वाग्मती प्रदेशको सांसद । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्दा निर्वाचनमा पराजीत भएका दावालाई मन्त्री बनाए ।
Advertisement 1
जुन दिन प्रधानमन्त्री ओलीले दावालाई मन्त्री बनाए त्यही दिन दावाको पत्नी चाहिँ प्रदेशका मुख्यमन्त्री डोरमणि पौड्यालविरुद्ध अविश्वाशको प्रस्तावमा हस्ताक्षर धस्काउदै थिईन् । सिन्धुपाल्चोकको दावा र कुमारी माओवादी जनयु द्धकै बेला प्रेम विवाह गरेका । यस पटक पार्टी विभाजनको असर दावा र कुमारीको परिवारलाई समेत विभाजित गरिदिएको छ । बादल समूहमा रहेका दावा र कुमारीलाई मध्ये अहिले दावा केपी ओली नेतृत्वको नेकपामा छन् भने कुमारी प्रचण्ड माधव पक्षमा । स्रोतका अनुसार गृहमन्त्री बादलले दावा र कुमारी दुवैलाई आफ्नो पक्षमा आउन आग्रह गरेका थिए । दावा उता लागे मन्त्री पड्काए पनि कुमारी पूर्ववत समूहमै रहिन ।
केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरे लगत्तै तत्कालीन शिक्षा मन्त्री गिरिराजमणि पोखरेलसहित ७ जना मन्त्रीहरूले राजीनामा गरेपछि भएको मन्त्रीमण्डल फेरबदलमा लामा मन्त्री भएका थिए ।तत्कालीन मन्त्री जगतबहादुर विश्वकर्मालाई हटाएर ओलीले लामालाई मन्त्री बनाएका थिए ।