विद्युत् प्राधिकरण कर्मचारी संघको अध्यक्षमा पनेरुको उम्मेदवारी

काठमाडौं। नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघको अध्यक्षमा महेश्वर दत्त पनेरुले उम्मेदवारी घोषणा गरेका छन्। यही जेठ ३० गते काठमाडौंमा हुने कर्मचारी संघको १३औं केन्द्रीय महाधिवेशनमा पनेरुले अध्यक्षमा उम्मेदवारी दिएका हुन्। पनेरुले ‘३स’को नारासहित आफ्नो उम्मेदवारी दिएका हुन्।

Advertisement 1

‘३स’ सझा संस्था, श्रमिक र सरोकारवालाको हितमा कर्मचारी संघको १३औँ केन्द्रीय महाधिवेशन भन्ने मूल नाराका साथ अध्यक्षमा उम्मेदवारी दिएको पनेरुले बताएका छन्।

प्राधिकरण भित्र ट्रेड युनियन वर्ग र आम श्रमजीवी माझ सक्षम, ईमानदार र सरल स्वभावका रुपमा परिचित पनेरुले आलोचनाको घेरामा रहेको ट्रेड युनियन अभ्यासलाई सभ्य, जवाफदेही र सुशासनयुक्त श्रमजीवीमैत्री बनाउने लक्ष्यसहित अध्यक्षमा उम्मेदवारी दिएको उल्लेख गरेका छन्।

Advertisement 2

पनेरुले उम्मेदवारी घोषणाको क्रममा आफू विरासतको आवरणवाट नभई श्रमिकको मैदानबाट स्थापित हुन खोजेको बताए। त्यसैकारण प्रविधि, प्रशासन र ट्रेड युनियन पद्धतिमा अभ्यस्त युवा टिम र अनुभवी पुस्ताको साथ तथा समर्थन आफूलाई हुने दावी उनले गरेका छन्।

कर्मचारी समय सापेक्ष आधारभूत आवश्यकता परिपूर्ति र संस्थाको उद्देश्य प्राप्तिमा उचित तालमेल स्थापित गर्न कार्यान्वयनयोग्य योजनासहित आएकाले पनेरुको टिम बलियो रहेको प्राधिकरणका कर्मचारी बताउँछन्।

प्रकाशित :२०८२ जेष्ठ १५, बुधबार १२:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry