सचिवहरुको व्यापक सरुवा, हेर्नुहोस् को कहाँ?

वविस सम्साल, काठमाडौं। सरकारले १ दर्जनभन्दा बढी सचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ३ जना विशिष्ट श्रेणीका सचिवको पदस्थापनसँगै १ दजर्न बढी सचिवको सरुवा गरेको हो।

Advertisement 1

मन्त्रिपरिषदको बैठकले नवनियुक्त सचिव शोभाकान्त पौडेललाई गण्डकी प्रदेशको प्रमुख सचिव र भूपाल बराललाई बागमती प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएको हो।

त्यस्तै प्राविधिकतर्फ बढुवा भएका दिनानाथ मिश्रलाई रिक्त जल तथा ऊर्जा आयोगको सचिवालयमा पदस्थापन गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव चुडामणि पौडेललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ।

Advertisement 2

शिक्षा क्षेत्रका विज्ञ मानिने पौडेललाई शिक्षामा खटाइएसँगै त्यहाँका सचिव डा. दीपक काफ्लेलाई राष्ट्रपति कार्यालय पठाइएको छ।

राष्ट्रपति कार्यालयका सचिव डा. रामप्रसाद घिमिरेलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय (वाणिज्य) मा सरुवा गरिएको छ भने त्यहाँका सचिव गोविन्दबहादुर कार्कीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ।

Advertisement 3

यसैगरी, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव किरणराज शर्मालाई लोकसेवा आयोगको सचिवमा सरुवा गरिएको छ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय(प्रशासनतर्फ)का सचिव हरिप्रसाद मैनालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा र गण्डकी प्रदेशका प्रमुख सचिव रघुराम विष्टलाई महालेखा नियन्त्रक कार्यालयमा सरुवा गरिएको छ। यी दुवै ठाउँमा रिक्त रहेको थियो ।

त्यस्तै बागमती प्रदेशका प्रमुख सचिव महादेव पन्थ र लोकसेवा आयोगका सचिव डिल्लीराम शर्माको सरुवा स्थान निश्चित भएको छैन। स्वास्थ्य मन्त्रालयमा कसलाई पठाउने भन्ने पनि टुंगो नलागेको एक मन्त्रीले जानकारी दिए।

प्रकाशित :२०८२ जेष्ठ १४, मंगलवार ११:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry