कुलमानको पत्रकार सम्मेलन : प्रश्न सामना नगरी हठात् अन्त्य

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बुधबार दिउँसो २ बजेका लागि पत्रकार सम्मेलन बोलाएका थिए। ठिक २ बजेदेखि नै पत्रकार सम्मेलन आयोजना गरिएको प्राधिकरणको हल सञ्चारकर्मीहरुले भरियो बस्नै ठाउँ नहुने गरी।

Advertisement 1

पत्रकार सम्मेलनको विषय भने डेडिकेटेड तथा ट्रंक लाइन विवाद समाधान सम्बन्धमा थियो। सकारले बक्यौता पनि उठ्नुपर्ने र उद्योगी व्यवसायीको विद्युत् लाइन पनि काट्नु नहुने निर्णय गरेपछि सरकारभन्दा कमजोर महसुस गरेका कुलमानले सो सम्बन्धमा एकतर्फी गोलमटोल कुरा राखे।

त्यसपछि सञ्चारमाध्यमहरुमा कुलमानका बारेमा उठेका खरिद प्रक्रियालगायत ट्रान्सफर्मर खरिदका विषयमा छोटो कुरा राखे। ट्रान्सफर्मर आवश्यकताअनुसार खरिद गरिएको बताए। ‘हामीसँग ६ देखि ७ सय ट्रान्सफर्मर स्टक छ। त्यो भनेको अन्तर्राष्ट्रिय अभ्यासअनुसार पनि होइन। थोरै हो। खरिद प्रक्रिया ६ महिना लामो हुँदा खरिद गरेर राखिएको हो,’ उनले भने, बिग्रेको ट्रान्सफर्मरको फोटो खिचेर ल्याएर सञ्चारमाध्यमहरुले हल्ला फैलाए। नयाँ ट्रान्सफर्मर प्रयोग गर्दा त्यसको ठाउँमा बिग्रेको ट्रान्सफर्म राखिएको हो। सञ्चारमाध्यमहरुमा आएजस्तो विषय होइन।’

Advertisement 2

सोही क्रममा उनले आफूलाई खरिद प्रक्रियाका विषयमा पनि आरोप लाग्ने गरेको बताउँदै त्यसको शाब्दिक खण्डन गरे। ‘मेरो बारेमा खरिद प्रक्रियाको विषयमा पनि प्रश्न उठेका छन्। त्यो बाहिर आएकोजस्तो होइन। त्यसको खण्डन गर्न चाहन्छु,’ उनले भने।

खरिद प्रक्रिया लत्याएको विषयको खण्डन गर्ने क्रममा उनले अगाडि भने, ‘मैले जेजति काम गरेको छु, त्यो सबै कानुनअनुसार र नेपालको संविधानअनुसार नै गरेको छु।’

Advertisement 3

तर, सार्वजनिक खरिद ऐन कार्यान्वयन गराउने जिम्मेवारी पाएको न्यायिक निकाय सार्वजनिक खरिद पुनरावलोकन समिति (पीपीआरसी)ले घिसिङले सार्वजनिक खरिद ऐनको पटकपटक धज्जी उडाएको औंल्याएको छ। यहाँ क्लिक गरी हेर्नुहोस् कानुन नमानेको प्रमाण

लोकप्रियताको आडमा उनले सार्वजनिक खरिद ऐनको धज्जी उडाएका विषय र सरकारले दुई पटक गरी २२ बुँदे विवरण माग्दा पनि उपलब्ध नगराएका कुलमानले पत्रकार सम्मेलनमा पनि प्रश्न सामना नगर्दै बाहिरिए। प्रश्न थिए, ‘सार्वजनिक खरिद ऐनअनुसारको काम गरेको दाबी गरिए पनि पीपीआरसीले पटकपटक उल्लंघन गरेको औंल्याएको छ, प्राधिकरण पीपीआरसीको आदेश किन मान्दैन?’,  ‘सरकारले दुई पटक गरेर २२ बुँदे विवरण माग्दा पनि सरकारलाई दिनुभएको छैन? किन यस्तो अटेरी?…’

सञ्चारकर्मीहरुबाट सम्भावित प्रश्न आउने निश्चित भएपछि कुलमानले हठात् पत्रकार सम्मेलन अन्त्य गरे।

कुलमानले पत्रकार सम्मेलनमा ४ वटाभन्दा बढी ‘क्रश क्वेश्चन’को जवाफ दिएनन्। सञ्चारकर्मीबाट प्रश्न आउँदै गर्दा बीचमै उनले हठात् पत्रकार सम्मेलन अन्त्य गरे र स्टेजबाट बाहिरिए।

बाह्रखरीको यो भिडियोको ४६ मिनेट १८ सेकेण्डपछि हेर्नुस् कुलमानको हठात्

प्रकाशित :२०८१ कार्तिक २८, बुधबार १५:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry