राष्ट्र बैंकको प्रवक्तामा पौडेल

काठमाडौं। नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त भएका छन्। राष्ट्र बैंकले सोमबारदेखि नै लागू हुनेगरी उनलाई प्रवक्तामा नियुक्त गरेको हो।

Advertisement 1

राष्ट्र बैंकको सुपरिवेक्षण विभागमा कार्यकारी निर्देशक रहेका पौडेलले अर्थशास्त्रमा एमफिल र व्यवस्थापनमा स्नातकोत्तर अध्ययन गरेका छन्।

यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेका गुणाकर भट्ट आर्थिक अनुसन्धान विभागमा सरुवा भएपछि प्रवक्ताको जिम्मेवारी पौडेललाई दिइएको हो।

प्रकाशित :२०८१ श्रावण १४, सोमबार १५:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry