थापाथलीबाट कमलादी सर्यो एनआईसी एसिया बैंकको कर्पोरेट अफिस

काठमाडौं। एनआईसी एशिया बैंक कमलादीस्थित आफ्नै कर्पोरेट भवनमा सरेको छ। बैंकका सीईओ रोशन न्यौपानेले उक्त जानकारी गराएका छन्। यसअघि बैंकको केन्द्रिय कार्यालय थापाथलीमा रहेको थियो।

Advertisement 1

उक्त नवनिर्मित भवन वैदिक सनातन विधिपूर्वक पूजा अर्चना गरी बैंक सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालले उद्घाटन गरेका सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सूचना अधिकारी अर्जुनराज खनियाले जानकारी दिए।

यसअघि रहेको थापाथली, काठमाडौं–११ स्थित ट्रेड टावरबाट प्रमुख कार्यकारी अधिकृतको कार्यालय, अन्य कार्यकारी अधिकृतहरूको कार्यालयलगायत विभिन्न विभागहरू आफ्ना सम्पूर्ण सेवा तथा सुविधा कमलादीस्थित कर्पोरेट कार्यालयबाट प्रदान गर्ने गरी कर्पोरेट कार्यालय स्थानान्तरण गरिएको बैंकले जानकारी दिएको छ।

प्रकाशित :२०८२ जेष्ठ १३, सोमबार १३:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry