प्रतिनिधिसभाः इ–जीपी प्रणाली तत्काल सञ्चालनमा ल्याउन सांसद दुलालको माग

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सार्वजनिक खरिद प्रक्रियालाई सहज र पारदर्शी बनाउन प्रयोग हुँदै आएको विद्युतीय सरकारी खरिद प्रणाली (इ–जीपी) तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन्।
Advertisement 1
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक दुलालले २०७० सालदेखि सञ्चालनमा रहेको इ–जीपी प्रणाली बन्द हुँदा सङ्घ, प्रदेश र स्थानीय तहका सार्वजनिक खरिद तथा ठेक्का प्रक्रिया प्रभावित भएको भन्दै सभामुखमार्फत सरकारको ध्यानार्कषण गराए।
“भदौ, असोज, कात्तिकलगायतका महिनामा सरकारका सार्वजनिक खरिदका ठेक्का लगाउने समय हो। तीन तहका सरकारअन्तर्गतका सयौँ सार्वजनिक खरिद प्रक्रिया अहिले प्रभावित भएका छन,” प्रमुख सचेतक दुलालले भए। उनले इ–जीपी प्रणाली ह्याक भएको भनिएको विषयमा छानबिन गरी दोषीमाथि कारबाही गर्नसमेत माग गरे।
Advertisement 2
“सरकारले इ–जीपी प्रणाली तत्काल पूर्णरूपमा सञ्चालनमा ल्याउनुपर्छ,” प्रमुख सचेतक दुलालले भने।








