पूर्वी नेपालको सौन्दर्य र संस्कृतिमा आधारित चलचित्र ‘ऊनको स्वीटर’ प्रदर्शन हुँदै

Un ko sweater

काठमाडौं। चलचित्र ‘ऊनको स्वीटर’ मा पूर्वी नेपालको सुन्दरता, संस्कृतिलाई देख्न पाइने अभिनेता विपिन कार्कीले बताएका छन्।

Advertisement 1

चलचित्रको श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गर्दै अभिनेता कार्कीले चलचित्रमा ‘गुरुङसेनी’ युवती र ‘काफ्ले ब्राह्मण’ युवकबीचको प्रेम सम्बन्धमा आउने जातीय अन्तर्विरोधको कथा समेटिएको बताए। ‘गीतसंगीतझैँ सरल र सहज कथामा चलचित्र बनेको छ।

यसले दुई दशक अगाडिको समयमा फर्काउँछ र त्यसबेलाको एउटा ग्रामीण परिवेशसँग परिचित गराउँछ। यो चलचित्र हेर्नेसँगै अनुभूति गर्ने किसिमको बनेको छ।’ पछिल्लो समय आइरहेका भन्दा नितान्त भिन्न भूमिकामा आफू चलचित्रमा देखिने बताए।

Advertisement 2

उक्त चलचित्रका निर्देशक नवीन चौहानले चलचित्रमार्फत आफूले कल्पना गरेको संसारलाई दर्शकसम्म पु¥याउन लागेको बताए। ‘मैले सोचेको एउटा संसारलाई चलचित्रको पर्दामा ल्याएको छु। यो पात्र र यहाँको परिवेश मेरो कल्पना र यथार्थ हुन्। गीतसंगीतमार्फत् कथा भन्दै गर्दा यसपटक ठूलो पर्दामा आएका छौं,’ उनले भने।

पूर्वी नेपालको पाँचथर जिल्लामा छायांकन गरिएको चलचित्रमा अभिनेता कार्कीसँगै अभिनेत्री मिरुना मगर, परीक्षा लिम्बू, विल्सनविक्रम राई, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बालगायत कलाकारले अभिनय गरेका छन्।

Advertisement 3

अभिनेत्री मगरले उक्त चलचित्रमा आँखालाई शीतलता, कानलाई कर्णप्रिय संगीतसहित पाँचथरको एक समाजको कथालाई देखाइएको बताइन्। ‘बाल्यकाल नै विदेशमा बितेकाले होलो, यसपटक छुटै संसारमा बाच्न पाएँ। मैले आफ्नो ‘पात्र’अनुसारको भूमिका सफलतापूर्वक पूरा गरेकी छु।

चलचित्रले गुरुङ–मगर र बाह्मण समुदायको संस्कृति र आपसी सद्भावलाई झल्काउने कोशिस गरेको छ,’ अभिनेत्री मगरले भनिन्।

प्रकाशित :२०८२ बैशाख १७, बुधबार १४:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry