डिजिटल पत्रकारिता प्रबर्द्धनका लागि काम गरिरहेका छौं : महानिर्देशक परियार

काठमाडौं। सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारले सरकारले डिजिटल पत्रकारिता प्रबर्द्धनका लागि काम गरिरहेको बताएका छन्।

Advertisement 1

शुक्रबार नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले सूचना विभागले डिजिटल पत्रकारिता प्रबर्द्धनका लागि काम गरिरहेको बताएका हुन्।

‘डिजिटल पत्रकारिता प्रबद्र्धनका लागि अनलाइन पत्रकारिताको गुणस्तर र विश्वसनीयता बढाउन नीतिगत सहयोग गरिरहेका छौं,’ उनले भने, ‘त्यस्तै स्वतन्त्र पत्रकारिताको संरक्षण गर्दै सञ्चारमाध्यमहरुलाई उत्तरदायी बनाउन नीतिगत पहलहरु गरिरहेका छौं।’

Advertisement 2

त्यस्तै महानिर्देशक परियारले सञ्चारमाध्यमहरुसँग समन्वय र पत्रकारहरुसँग सहकार्य गरिँदै आएको पनि बताए।

प्रकाशित :२०८१ चैत्र २९, शुक्रबार १०:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry