आन्दोलनरत शिक्षकले गरे शैक्षिक हड्ताल घोषणा

काठमाडौं। विभिन्न जिल्लाबाट काठमाडौं आएर आन्दोलन गरिरहेका शिक्षकले शैक्षिक हड्ताल घोषणा गरेका छन्। आन्दोलनको नेतृत्व लिएको नेपाल शिक्षक महासंघले आइतबार शैक्षिक हड्तालको घोषणा गरेको हो।
Advertisement 1
महासंघले आन्दोलनलाई थप शसक्त बनाउने भन्दै सोमबारबा लागू हुनेगरी शैक्षिक हड्तालको घोषणा गरेको हो। यद्यपि सरकारले वार्ताका लागि बोलाए पनि महासंघले चित्त बुझाएको छैन।
आइतबार महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले विज्ञप्ति जारी गरेर शिक्षकलाई आन्दोलनमा अनिवार्य भाग लिन आह्वान गरेका छन्।
प्रकाशित :२०८१ चैत्र २४, आईतवार ११:३५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%












