बैरागी मुख्यसचिव,अमेरिका र बेलायतको राजदुतमा खतिवडा र रेग्मी

सरकारले परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई नयाँ मुख्यसचिव बनाउने भएको छ । आज बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले हालका मुख्य सचिव लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै बैरागीलाई मुख्यसचिव बनाउने निर्णय गरेको हो । कार्यकाल सकिनु अघि मुख्यसचिव लोकदर्शन रेग्मीले राजीनामा दिएसँगै सरकारलाई बैरागीलाई मुख्यसचिव बनाउने बाटो खुलेको हो । मुख्यसचिव बन्ने दौडमा शंकरदास वैरागी, केदार अधिकारी, मोहनकृष्ण श्रेष्ठलगायत दौडमा थिए।जसमध्ये सरकारले परराट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई मुख्यसचिव बनाएको हो ।
यस्तै आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीलाई राजीनामा दिन लगाएर त्यहाँ शंकरदास बैरागीलाई लैजाने सिफारिस भएको छ । रेग्मील्े दिएको राजीनामा स्वीकृत गर्दै उनलाई बेलायतको राजदूतका लागि सिफारिस गरिएको छ । यस्तै पूर्व अर्थमन्त्री समेत रहेका तथा हाल प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आर्थिक सल्लाहकार डा। युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए छन् ।

प्रकाशित :२०७७ आश्विन १५, बिहीबार १२:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry