एमाले–कांग्रेस भागबण्डा नमिल्दा गभर्नर नियुक्तिमा ढिलाई

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बिदाई भएका छन्। आइतबारदेखि उनको कार्यकाल सकिएको छ। आइतबार सार्वजनिक विदा परेकाले शुक्रबार नै उनको बिदाई भइसकेको छ।

Advertisement 1

तर, सरकारले अहिलेसम्म नयाँ गभर्नर नियुक्त गर्न सकेको छैन। राष्ट्र बैंक ऐनको दफा २५ अनुसार गभर्नरको पदावधि सकिनु एक महिनाअघि नै सरकारले गभर्नर नियुक्त गरिसक्नुपर्छ। तर, सत्तारुढा दल नेकपा एमाले र नेपाली कांग्रेसबीच भागबण्डा नमिल्दा गभर्नर नियुक्त गर्न नसकिएको बताइएको छ। आइतबारदेखि नेपाल राष्ट्र बैंक नेतृत्वविहीन भएको छ। अधिकारी राष्ट्र बैंकको १७औं गभर्नरका रुपमा शुक्रबारबाट बिदा भएका छन्।

सरकारले यसअघि गभर्नर नियुक्तिका लागि अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो। पूर्वगभर्नर विजयनाथ भट्टराई र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेल सदस्य रहेको सिफारिस समितिले सिफारि गरिसके पनि सरकारले नियुक्त गर्न नसकेको बताइएको छ।

Advertisement 2

समितिले पूर्वमुख्य सचिव राजेन्द्र किशोर क्षेत्री, राष्ट्र बैंकका सञ्चालक डा. रवीन्द्र प्रसाद पाण्डे, नविल बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना र राष्ट्र बैंककै डेपुटी गभर्नर डा. नीलम ढुंगानालगायतलाई गभर्नर नियुक्तिका लागि सिफारिस गरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली निलम ढुंगानालाई नियुक्त गर्न सकारात्मक रहेका छन्। तर, ढुंगानाको नियुक्तिमा कांग्रेस सहमत नहुँदा एक महिनाअघि नै नियुक्त हुनुपर्ने गभर्नर सरकारले अझै नियुक्त गर्न सकेको छैन।

प्रकाशित :२०८१ चैत्र २४, आईतवार १०:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry