१८ सय रुपैयाँ बढेपछि सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्य १८ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले बढेको हो। मंगलबारको मूल्य वृद्धिसँगै सुनको मूल्य अहिलेसम्मकै नयाँ उचाइमा पुगेको छ।
Advertisement 1
मंगलबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ७९ हजार ७ सय रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ। सोमबार सुनको कारोबार प्रतितोला १ लाख ७७ हजार ९ सय रुपैयाँका दरले भएको थियो। आइतबार प्रतितोला १ लाख ७६ हजार ८ सय रुपैयाँको नयाँ रेकर्ड कायम गरेको सुनको मूल्यले त्यसयता लगातार नयाँ रकेर्ड बनाइरहेको छ।
शुक्रबार सुनको कारोबार प्रतितोला १ लाख ७६ हजार २ सय रुपैयाँका दरले कारोबार भएको थियो। त्यस्तै सोमबार प्रतितोला २ हजार ३५ रुपैयाँका दरले कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा कारोबार हुने महासंघले जानकारी दिएको छ।