कुमारी बैंकका ग्राहक गोकुल थापा भिसा अभियानमा विजेता

काठमाडौं। भिसाले सञ्चालन गरेको ‘दसैं क्याम्पेन २०२४’ अन्तर्गत कुमारी बैंकका ग्राहकहरुमध्ये गोकुल थापाले विजेता बनेका छन्। त्यसैगरि कुमारी बैंककै कार्ड प्रयोगकर्ता क्षितिज भट्टराई पनि बिजेता भएका छन्।

Advertisement 1

भिसा कार्डमार्फत डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको यस अभियानमा नेपालमा अवस्थित भिसा मेम्बर बैंकहरुबाट टप २५ जना भिसा कार्ड प्रयोगको आधारमा बिजेता छानिएको थियो।

बिजेताहरुले २ जनाको लागि विदेश भ्रमणको दुईतर्फी हवाई टिकट प्राप्त गरेका छन्।

प्रकाशित :२०८१ चैत्र १२, मंगलवार १७:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry