दराजमार्फत् सामान खरिद गर्दा ग्लोबल आइएमई बैंकका ग्राहकलाई १५ प्रतिशत छूट

काठमाडौं। ग्लोबल आइएमई बैंकले आफ्ना कार्डबाहक ग्राहलाई दराजबाट अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छूट दिने योजना पुनः सार्वजनिक गरेको छ। योजनाअन्तर्गत ग्राहकले बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा १५ प्रतिशतसम्म छूट पाउनेछन्।
Advertisement 1
योजना जेठ १३ गतेदेखि ३ महिनासम्म रहने बैंकले जानकारी दिएको छ। बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरुले १० प्रतिशत वा ५०० सम्म र क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत वा ७५० सम्म छूट पाउनेछन्। योजना अवधिभर हरेक महिना १० वटासम्मको खरिदमा छूट पाइने बैंकले बताएको छ।
ग्लोबल आइएमई बैंकले दराज अनलाइन स्टोरसँग समन्वय गरी आफ्ना डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताका लागि विभिन्न योजना सार्वजनिक गर्दै आएको छ। उक्त योजना यसअघि पनि ३ महिना सञ्चालन भएको थियो।