कुलमानको लोकप्रियताको सिकार बनेका हितेन्द्र

वविस लम्साल, काठमाडौं। सरकारले नेपाल विद्युत् प्राधिकरणका विवादित प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाएर उनको ठाउँमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गर्दै उनको स्थानमा शाक्यलाई नियुक्त गरेको हो। यससँगै फेरि एकपटक कुलमानका समर्थकले सामाजिक सञ्जालमा रडाको मचाउन थालेका छन्।
Advertisement 1
कुलमानका समर्थकले कुलमानको पक्षमा मात्रै होइन, उनको स्थानमा नियुक्त गरिएका शाक्यको आलोचना समेत गरिरहेका छन्। विशेष गरी शाक्यलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सालो नाता लागेकै कारण प्राधिकरणमा नियुक्त गरिएको टिप्पणी गरिरहेका छन्। यद्यपि शाक्यले आफू इलामको भएकाले प्रधानमन्त्री पत्नि राधिका शाक्यसँग कुनै साइनो नभएका बताएका छन्। ‘म इलामको हुँ, राधिका म्याम काठमाडौंको हुनुहुन्छ। शाक्य थर मिलेकै कारण मलाई प्रधानमन्त्रीको सालो भनेर भनिरहेका छन्, ‘तर मेरो त्यस्तो नाता छैन। केवल म इलामको र प्रधानमन्त्री झापाको भएकाले भौगोलिक निकटता मात्रै छ।’ प्रधानमन्त्रीको सालोको रुपमा जोडेर आफूलाई पीडित बनाइएको र ‘कसैको’ लोकप्रियताको सिकार आफूले हुनुपरेको शाक्यको गुनासो छ।
यसअघि २०७७ सालमा कुलमानकै स्थानमा प्राधिकरणमा शाक्यलाई नियुक्ति गरिँदा पनि उनलाई प्रधानन्त्रीकै सालोका रुपमा चित्रित गरिएको थियो। २०७७ साल साउनमा प्राधिकरणको प्रमुखको रुपमा घिसिङको पहिलो कार्यकाल सकिएपछि २०७७ माघमा शाक्यलाई सरकारले प्राधिकरणको प्रबन्ध निर्देशक नियुक्त गरेको थियो। तर, त्यसपछि सत्तामा माओवादी फर्किएपछि शाक्यलाई प्राधिकरणबाट सरुवा गर्दै पुनः घिसिङलाई नै नियुक्त गरिएको हो। घिसिङ पहिलो कार्यकालमा लोडसेडिङ हटाएर लोकप्रिय बनेका थिए।
Advertisement 2
घिसिङको त्यही लोकप्रियताका कारण अदालतबाट समेत न्याय नपाइएको हो कि भन्ने आसंका रहेको शाक्यले गत माघमा ईकर्मचारी डटकमलाई बताएका थिए। शाक्यको ठाउँमा घिसिङलाई गरिएको नियुक्तिविरुद्ध शाक्य सर्वोच्च अदालत गएका थिए। सर्वोच्च अदालतबाट ३० पटक पेशी तोकिए पनि सुनुवाइ भएन। त्यही सन्दर्भमा शाक्यले ‘कुलमानको लोकप्रियताकै कारण अदालतलाई समेत अप्ठ्यारो परेको हो कि’ आसंका व्यक्त गरेका थिए। ‘सामाजिक सञ्जालमा देखिएको लोकप्रियताको कारण अदालत प्रभावित भएको हो कि? भन्ने लाग्न थालेको छ,’ ३ वर्षदेखि पटकपटक अदालत धाइरहेका शाक्यले माघमा भनेका थिए।
०००
Advertisement 3
२०७३ साउनमा प्राधिकरणको प्रबन्ध निर्देशकको नियुक्ति पाएपछि कुलमान घिसिङले विद्युत् व्यवस्थापनको काम कुशलतापूर्वक गरे। जसकारण घिसिङको कार्यकाल सकिएपछि पनि उनलाई प्राधिकरणमा पुनः नियुक्ति गर्नुपर्ने दबाब सडकबाट सिर्जना गरिएको हो। शाक्यलाई जबर्जस्ती सरुवा गराएर माओवादी पार्टीबाट ऊर्जा मन्त्री बनेकी पम्फा भुसालले पुनः घिसिङलाई नियुक्ति दिइन्। त्यतिबेला सर्वसाधारणको व्यापक समर्थन पाएका घिसिङको विरुद्धमा नेकपा एमाले तथा एमालेका भातृ संगठनले आन्दोलन गर्ने आँट गरेनन्। एमालेकै समर्थनमा नियुक्ति पाएका शाक्यलाई सरुवा गराएर माओवादी निकट नियुक्ति गरिँदा एमालेले मौन समर्थन् जनाउन बाध्य भयो। त्यसयता कार्यकाल अवधिभर न्यायका लागि अदालत धाएका शाक्यले अदालतबाट न्याय पाएनन्। शाक्यको उक्त मुद्दाको टुंगो अझै लागेको छैन। अदालतबाट न्याय नपाएका शाक्यलाई सरकारले पुनः नियुक्ति दिएर न्याय गरेको छ। शाक्यले आफ्नो क्षमता देखाउने अवसर पाएका छन्।
तर, कुलमानको समर्थनका नाममा शाक्यलाई प्रधानमन्त्रीको सालो भनेर सामाजिक सञ्जालमा लेख्दा शाक्य असन्तुष्टि व्यक्त गर्छन्। साथै कुलमानको समर्थनमा एउटा समूहले सडकमा तामासा देखाउन थालेको छ। सरकारमा भएकाहरुले अन्य सन्दर्भमा गलत गरिरहेका होलान्, त्यसको विरोध गर्न सकिन्छ। तर, विगत ८ वर्षदेखि प्राधिकरणमा घिसिङको जुन रजगज थियो, त्यसको अन्त्य गर्नु सरकारको पनि दायित्व हो। सरकारले त्यही दायित्व पूरा गरेको हो। त्यसैले कुलमानलाई हटाउनै नहुने भन्न किमार्थ मिल्दैन। बरु अबका दिनमा लोडसेडिङ भएमा सडकमा उत्रिने भनी दबाब दिन मिल्छ।
मातहतका कर्मचारी आफू अनुकल सरुवा गरेर सरकारमा भएका मन्त्रीहरुले यसअघि पनि काम गर्दै आएका छन्। पम्फा भुसालले ऊर्जा मन्त्री हुँदा आफूअनुुकुल घिसिङलाई प्राधिकरणमा ल्याउन हितेन्द्रदेव शाक्यको सरुवा गर्नु त्यसैको उदहारण हो। नत्र शाक्यलाई सरुवा गर्नैपर्ने के कारण थियो? बरु अहिले कुलमान घिसिङले सरकारलाई नटेरेको स्पष्ट छ। खरिदका काममा कुलमानले पूर्वाधार निर्माण रोकेको स्पष्ट छ।
उसो त पूर्वप्रधानमन्त्री तथा पूर्वमन्त्रीहरुले पनि सचिव, सहसचिवहरु आफू अनुकुल राखेर काम गर्ने र कर्मचारीहरुबीचमै विभाजन निम्त्याउने कुरा पनि नौलो होइन।
पछिल्लो समय प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङ सामाजिक सञ्जालर सञ्चारमाध्यममा लोकप्रिय देखिए पनि प्राधिकरण ऋण नै ऋणले थिलोथिलो भएको लुकेको छैन। तैपनि कुलमान प्राधिकरणले नाफा कमाएको हल्ला फैलाउँछन्, तर प्राधिकरणले तिर्नुपर्ने ऋण तिर्दैनन्। निर्माण कम्पनीको २०७४ सालदेखिको ८५ करोड रुपैयाँ भुक्तानी दिँदैनन्। आफ्नो कार्यकालको अन्तिम वर्षमा ९१ करोड ओभरटाइमका नाममा भत्तामा खर्च गर्छन्। पूर्वाधार निर्माणका काममा आफूअनुकुल निर्माण कम्पनी नपरे काम नै ठप्प पार्छन्। विभागीय मन्त्रालयले जानकारी राख्नुपर्ने प्राधिकरणका कामबारे कागजात मन्त्रालयमा उपलब्ध गराउँदैनन्। मन्त्रालयले कागजात मागे मागेकोभन्दा बढी उपलब्ध गराएर झन अप्ठ्यारो सिर्जना गर्छन्।
मन्त्रीले प्राधिकरण सञ्चालक समितिमा बोलाउँदा समयमै उपस्थित हुँदैनन्। सञ्चालक समिति बैठक प्राधिकरणमै राख्न खोज्दा ‘मन्त्रीले प्राधिकरणमै कार्यालय खोलेको’ भनेर प्रचार गर्छन्। सार्वभौम संसद्ले प्राधिकरणका कागजात मन्त्रालयबाट माग्नुपर्ने हो, कुलमानले मन्त्रालयमा केही बुझाएका हुँदैनन्। लेखा समितिले प्राधिकरणसँग कागजात माग गर्छ, कुलमानले बोराका बोरा लगेर जननिवार्चित संसद्को अपमान गर्छन्।
के विद्युत् प्राधिकरण लोकप्रिय व्यक्तिको मात्रै हो? लोकप्रिय व्यक्तिले विभागीय मन्त्रालयलाई ४–४ वर्ष गुमराहमा राखेर सरकारी निकाय चलाउन पाइन्छ? प्राधिकरण एउटा सिस्टममा चल्नुपर्ने हो कि? लोकप्रिय व्यक्तिको आदेशमा चल्नुपर्ने हो? के विद्युत् प्राधिकरणमा लोकप्रिय कुलमानबाहेकका अन्य कर्मचारीले क्षमता देखाउने अवसरै नपाउने हो? कुलमानको लोकप्रियता र प्रधानमन्त्री पत्निसँग थर मिलेकै कारण हितेन्द्रदेव शाक्यले प्रधानमन्त्रीको सालोका रुपमा कहिलेसम्म आलोचित भइरहनुपर्ने हो?
त्यसैले सामाजिक सञ्जाल र सडकका तामासा बन्द गरौं। दोस्रो पटक प्राधिकरणमा मौका पाएका हितेन्द्रलाई विश्वास गरी काम गर्न दिऔं। उनीबाट पनि गल्ती होलान्, प्रश्न गरौं। हितेन्द्रलाई जवाफदेही बनाऔं। कुलमानका ८ वर्षे कार्यकालका अन्य धेरै बेइथितिहरु अझ खुल्दै जानेछन्। एक जना व्यक्तिको देवकत्वकरणमा शक्ति खर्च नगरौं। धैर्य गरौं।
विद्युत् प्राधिकरणमा २ अर्ब ३९ करोडको ठेक्का : ‘ग्लोबल टेण्डर’मा कुलमानको बलमिचाइँ
२ अर्ब ३९ करोडको ठेक्का : न्यायिक फैसला कार्यान्वयनमा कुलमानको अटेरी
२ अर्ब ३९ करोडको ठेक्का : कुलमानको बलमिचाइँप्रति सांसदहरुको प्रतिक्रिया
२ अर्ब ३९ करोडको ठेक्कामा कुलमानमाथि छानबिन माग, अख्तियारमा उजुरी
कुलमान घिसिङ : प्राधिकरणका एमडी हुन् कि? भारतीय कम्पनीलाई पोस्ने एजेन्ट?
कुलमानका दाई एजेन्ट रहेको कम्पनीलाई ठेक्का दिन विदेशी दाता ईआईबीकै ‘गाइडलाइन’ उल्लंघन
कुलमान घिसिङलाई योगेश भट्टराईको प्रश्न : प्राधिकरण भित्रका ठेक्कापट्टा कसरी भएका छन्?
लेखा समितिमा कारबाही पर्खिरहेको कुलमानमाथिको अर्को मुद्दा
कुलमानमाथि छानबिनमा अख्तियार आफैं अग्रसर होऊ
कुलमान घिसिङ : लोकप्रियताको काम एक, अनियमितता अनेक
२ अर्ब ३९ करोडको ठेक्का : ईआईबीले माग्यो कागजात, संशोधित बोलपत्रमा १० करोड घाटाको नाटक
अनियमिततामा फस्नसक्ने कुलमानका सारथी
चौतर्फी विवादमा कुलमान : लक्जमवर्गदेखि नेपालका अड्डाअड्डामा उजुरी, छानबिन गर्न माग
‘आर्थिक प्रस्ताव खोलिसकेपछि जाँचबुझ समिति गठन गर्नु गैरकानुनी हो’
२ अर्ब ३९ करोडको ठेक्कामा अख्तियारले थाल्यो कुलमानमाथि छानबिन, राजन ढकाल पनि मुछिने
कुलमानको अर्को बदमासी : ६ अर्बको ठेक्कामा पनि ‘सेटिङ’
रोकिएन ठेक्कामा कुलमानको जबर्जस्ती : छानबिनमा रहेकै ठेक्कामा पुनः टेन्डर आह्वान
कुलमानसँग सरकारले माग्यो ४ वर्षयताका ठेक्काको विवरण, विवादित ठेक्काको कारणसमेत उपलब्ध गराउन निर्देशन
चर्चाको उन्मादमा भ्रष्ट कुलमान, यी हुन् कानुन नमानेका प्रमाण
कुलमानलाई स्पष्टीकरण : यस्तो छ १५ बुँदेको आधार
पुनः टेन्डर गर्न ईआईबीको स्वीकृति भन्दै कुलमानले मन्त्रालयलाईसमेत ढाँटे
कुलमानले विवाद निम्त्याएको ठेक्कामा पुनः टेन्डरको प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश
कुलमानको केटाकेटीपन : सरकारी निर्देशनको ‘ठ्याक्कै विपरित’ गर्न उद्यत
सरकार-कुलमान बढ्दो टसल, सरकारले हटाए कुलमानलाई सजिलो छैन अदालतको बाटो!
ठेक्का प्रक्रियामा कुलमानमाथि छानबिन गर्न समिति गठन, किर्तेमा पनि मुछिन सक्ने
ऊर्जा क्षेत्रको विकृति : स्वार्थ हाबी हुँदा बन्धक पूर्वाधार, मन्त्रीका कारण कांग्रेस बदनाम!
कुलमानलाई उनकै कर्मचारीको सुझाव : ‘संस्थाको माया भए राजीनामा गरी मार्ग प्रशस्त गर्नुहोस्’
‘कुलमानमा मै हुँ भन्ने प्रवृत्ति छ’
नाफाको निरन्तर हल्ला फैलाउने विद्युत् प्राधिकरणको ऋण नै पौने ३ खर्ब
संसद्मा ऊर्जा मन्त्रीको प्रश्न : कुलमान कानुनभन्दा माथि हो?
लोडसेडिङ हटाउँदा पुनः नियुक्ति, दोस्रो कार्यकालमा मैमत्त बनेपछि बर्खास्त