८३४ कैदीले पाए सरकारबाट माफी
गणतन्त्र दिवसको अवसरमा सरकारले ८३४ कैदीको सजाय माफी मिनाहा गरेको छ।
Advertisement 1
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्ग श्रेङ लिम्बुसहित २७१ जना र नरबहादुर साँवासमेत ५४७ जनाको बाँकी कैद सजाय माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसुर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतको आदेशहरूसमेतका आधारमा सरकारले विभिन्न अवसरमा कैदीहरुको कैद मिनाहाका लागि सिफारिस गर्ने गर्छ।
Advertisement 2
तोकिएको कैद सजाय भुक्तान गरेका तथा असल चालचलन भएका कैदीहरुको कैद छुट हुन लागेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ।
प्रकाशित :२०७९ जेष्ठ १४, शनिबार ०९:४७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%