घट्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा आइतबार सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन शुक्रबारको तुलनामा आइतबार सुनको मूलय घटेको हो।

Advertisement 1

आइतबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार १ सय रुपैयाँ तोकिएको छ। शुक्रबार सुनको कारोबार प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँका दरले भएको थियो। शुक्रबार सुनको कारोबार सबैभन्दा उच्च मूल्यमा भएको थियो।

त्यस्तै आइतबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ। शुक्रबार चाँदीको कारोबार प्रतितोला २ हजार ५० रुपैयाँका दरले भएकोमा आइतबार प्रतितोला २ हजार ४५ रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ।

प्रकाशित :२०८१ चैत्र ३, आईतवार १०:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry