अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाल एसबिआई बैंक नेतृत्व सीपसम्बन्धी कार्यक्रम

काठमाडौं। अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा, नेपाल एसबीआई बैंकले उपत्यकास्थित सम्पूर्ण शाखाका महिला कर्मचारीहरूलाई नेतृत्व सीप सम्बन्धी तालिमको आयोजना गरेको थियो।
Advertisement 1
सो अवसरमा सम्पूर्ण महिला कर्मचारीहरूले नेतृत्व सीपलाई उजागर गर्दै उत्साह र एकताका साथ अन्तर्राष्ट्रिय नारी दिवस मनाए।
काठमाडौंमा आयोजित उक्त कार्यक्रममा विश्वव्यापी रूपमा प्रख्यात भारतीय अमेरिकी नेतृत्व विज्ञ, प्रशिक्षक र लेखिका, पायल नानजियानीले नेतृत्व सीप सम्बन्धी प्रशिक्षण दिएका थिए।
Advertisement 2
कार्यक्रममा बैंकिङ क्षेत्रमा महिलाहरूको उपलब्धि, योगदान, महिला सशक्तिकरण र समावेशीताको विषयमा समेत चर्चा गरिएको थियो।
प्रकाशित :२०८१ फाल्गुन २६, सोमबार ११:३३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%