७ जिल्ला प्रमुख अधिकारी परिवर्तन

काठमाडौं। सरकारले ५ सहसचिवको पदस्थापन गरेको छ। गृह मन्त्रालयले बिहीबार निर्णय गर्दै ५ सहसचिवको पदस्थापन र २ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो।
Advertisement 1
जसअनुसार सहसचिव धर्मराज जोशीलाई बाँके जिल्ला प्रशासन कार्यालयमा पदस्थापन गरिएको छ।
त्यस्तै दिव्यराज पोखरेललाई संखुवासभा जिल्ला प्रशासनमा, नरहरि घिमिरेलाई खोटाङ जिल्ला प्रशासनमा, विजयराज सुवेदीलाई ओखलढुंगा जिल्ला प्रशासनमा र शशिधर घिमिरेलाई नुवाकोट पदस्थापन गरिएको छ। त्यस्तै संखुवासभाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई रौतहट र नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीलाई गृहमन्त्रालय सरुवा गरिएको छ।
Advertisement 2
प्रकाशित :२०८१ फाल्गुन २२, बिहीबार ११:३७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%