कुलमानलाई उनकै कर्मचारीको सुझाव : ‘संस्थाको माया भए राजीनामा गरी मार्ग प्रशस्त गर्नुहोस्’

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइँ मन्त्रालयले विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई २४ घण्टे स्पष्टीकरण सोधेपछि विद्युत् प्राधिकरणकै कर्मचारीले कुलमानको राजीनामा माग गरेका छन्। प्राधिकरणभित्र कुलमानको बेथितिबारे नजिकबाट जानकार एक जना उच्च तहका कर्मचारीले सरकार र कुलमानको किचलोले संस्था धरासयी हुने भएकाले अहिलेको अवस्थामा कुलमानले नै राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने सुझाव दिएका हुन्।
Advertisement 1
प्राधिकरणका अधिकृतहरुको मेसेन्जर ग्रूपमा ती कर्मचारीले सुझावमार्फत उनले अहिले कुलमानको ठाउँमा आफू भए सरलक्क राजीनामा दिने उल्लेख गरेका छन्। ‘यति धेरै पेला हुँदा ….म भए त सरलक्क छोडिदिन्थ्ये..लौ न कुलमान सरको कोही नजिक सल्लाहकार हुनुहुन्छ भने राजीनामा दिएर मार्ग प्रशस्त गर्न भन्दिन पर्यो। साँढेको जुधाइ बाच्छाको मिचाइँ हुनुभएन। यसरी त हामी कर्मचारी र संस्थालाई घाटा हुने होइन र? संस्थाको माया गर्नेले यति त बुझ्नुपर्यो नि,’ ती कर्मचारीले अधिकृतहरुको मेसेन्जर ग्रूपमा लेखेका छन्।
Advertisement 2
यसअघि मंगलबार दिउँसो ऊर्जा, जलस्रोत तथा सिंचाइँ मन्त्रालयले प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।
Advertisement 3
कानुनअनुसार कुनै मुलुकलाई विद्युत् बिक्री गर्दा वा कुनै मुलुकबाट विद्युत् खरिद गर्दा नेपाल सरकारको स्वीकृति लिएर प्राधिकरणले गर्न सक्छ। तर, प्राधिकरणले सरकारको स्वीकृति नलिइकनै कुलमानको मनलाग्दीअनुसार पछिल्लो समय भारतसँग सम्झौता गरेको यसअघि नै सार्वजनिक भइसकेको छ।