४ सय रुपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य सामान्य बढेको हो।

Advertisement 1

महासंघका अनुसार शुक्रबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ तोकिएको छ। बिहीबार सुनको कारोबार प्रतितोला १ लाख ६९ हजार ८ सय रुपैयाँमा भएको थियो।

त्यस्तै बिहीबार प्रतितोला १९ सय ६५ रुपैयाँका दरले कारोबार भएको चाँदीको मूल्य शुक्रबारका लागि प्रतितोला १९ सय ७० रुपैयाँ तोकिएको छ।

प्रकाशित :२०८१ फाल्गुन २, शुक्रबार ११:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry