प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल एसबिआईको २५ लाख सहयोग

काठमाडौं। नेपाल एसबिआई बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हालै आएको बाढीपहिरो र डूबानबाट प्रभावित तथा पीडितको सहायताका लागि २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको हो।
Advertisement 1
उक्त सहयोग रकमको चेक प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत दीपककूमार देले प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा हस्तान्तरण गरेका थिए।
सो कार्यक्रममा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तीय अधिकृत, राजेशकूमार पंडा, प्रमूख संचालन अधिकृत यादवेंद कांत, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, बिकास आनन्द, रितेश अर्याल तथा नेपाल सरकारका उच्च तहका कर्मचारीहरुको उपस्थिति रहेको थियो।
									
										प्रकाशित  :२०८१ आश्विन २०, आईतवार १३:५३																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

 
								

 
										



 
 
                             
 
                             
 
                             
 
                             
 
                            


 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                