अब नापी कार्यलयका काम घरमै बसेर गर्न सकिने

नापी विभागले घरमै बसेर जग्गाको नक्सा प्रिन्ट गर्न र राजश्व बुझाउने प्रणाली सञ्चालनमा ल्याएको छ। बिहिबारबाट यस्तो व्यवस्था लागू भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले नापी कार्यालयहरुबाट प्रदान गरिने सेवा अनलाइनबाटै गर्न सकिने प्रणालीको शुभारम्भ गरेका हुन्। यो व्यवस्था लागू भएसँगै अब नक्सा प्रिन्ट, फिल्डबुक प्रिन्टलगायतको सेवा घरमै बसेर उपलब्ध गराउनलागेको हो। नापी कार्यालयहरुबाट प्रदान गरिने सेवाहरु प्रविधिमैत्री, झन्झटरहित, चुस्त दुरुस्त, छिटो छरितो एवं प्रभावकारी बनाउनका लागि यो कार्यक्रम सुरु गरिएको सरकारले बताएको छ।

Advertisement 1

डिजिटल नेपालको अवधारणाअनुसार मालपोत तथा नापी कार्यालयमा पेपरलेस कार्यक्रमको शुरु भएको हो । यो प्रणाली शुरु भएसँगै घरजग्गा कारोबारमा लाइन लाग्नुपर्ने बाध्यता हट्ने भएको छ । यो व्यवस्था शुरु भएसँगै ‘घरजग्गा कारोबार आफैँ अनलाइनबाट गर्न सकिनेछ । देशभर १२६ नापी कार्यालयमध्ये १८ कार्यालय अझै अनलाइन प्रणालीमा आउनसकेका छैनन्।

नापी विभागका महानिर्देशक प्रकाश जोशीका अनुसार, काठमाडौं उपत्यकाका ३ ठाउँ कलंकी, डिल्लीबजार र भक्तपुरमा आजबाटै लागू भएको जानकारी दिए।

प्रकाशित :२०७८ बैशाख २, बिहीबार १६:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry