ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सवको अवसरमा फोनपे क्यूआरमा आबद्ध मर्चेन्टलाई विशेष उपहार योजना
काठमाडौं। ग्लोबल आइएमई बैंकले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा बैंकको फोनपे नेटवर्कमा आबद्ध क्यूआर कोड मर्चेन्टलाई लक्षित गर्दै विशेष उपहार योजना ल्याएको छ। योजनामा क्यासब्याक, स्मार्टफोन र १ लाखको मुद्दती जित्न सकिने व्यवस्था छन्।
Advertisement 1
ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनाको १८औं वर्ष पुरा गरी १९औं वर्षमा प्रवेश गरेको छ। सोही अवसरमा यो योजना बिहीबारदेखि लागू भइसकेको छ। माघ १८ शुक्रबारसम्म योजना सञ्चालनमा रहनेछ।
यस उपहार योजनाअन्तर्गत ग्लोबल आइएमई बैंकमा आबद्ध भएका तर हालसम्म कारोबार नगरेका मर्चेन्टहरुले यस योजनाअवधीमा १८० रुपैयाँ वा सोभन्दा बढी रुपैयाँको भुक्तानी फोनपे क्यूआर कोडमार्फत् प्राप्त गर्दा भाग्यशाली १८ मर्चेन्टले दैनिक १८० क्यास्ब्याक प्राप्त गर्ने बैंकले जनाएको छ।
Advertisement 2
योजनाअवधिभर क्यूआर कोड मार्फत भुक्तानी लिने मर्चेन्टहरुमध्ये प्रत्येक हप्ता १ जना भाग्यशाली मर्चेन्टले स्मार्टफोन उपहार प्राप्त गर्नेछन्। योजना अवधिभरमा ४ जना मर्चेन्टहरुले स्मार्टफोन जित्नेछन्। साथै, बम्पर उपहारमा १ जना भाग्यशाली मर्चेन्टले ३ महिना समयावधी भएको १ लाख रकमको मुद्दती खाता योजना जित्नेछन्।