ज्योति क्यापिटल लिमिटेडको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त
ज्योति क्यापिटल लिमिटेडको प्राध्यापक डा. ध्रुवकुमार गौतम र सिए मन्दिप वशिष्ठलाई क्यापिटलको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको छ । वैशाख १३ गते बिहीबार सम्पन्न सञ्चालक समितिको ४८ औं बैठकले उनीहरुलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो ।
Advertisement 1
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागका गौतमले रणनितीक व्यवस्थापनमा विद्यावारिधि तथा व्यवस्थापन र सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेका छन् । उनीसँग एसियन ईन्स्टीच्यिुट अफ टेक्नोलोजि थाईल्याडको एड्जस्ट प्राध्यापक, विरला ईन्स्टीच्यिुट अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजिको केस अध्ययन केन्द्रको वोर्ड सदस्य, दोंग विश्वविद्यालय दक्षिण कोरियाको भिजिटिंग प्राध्यापक, टेक्सास क्रिष्चियन विश्वविद्यालयको रिसर्च एसोसिएट भई कार्य गरेको अनुभव छ ।
सिए मन्दिप वशिष्ठले नेपाल बोर्र्डबाट चार्टर्ड एकाउन्टेन्सी गर्नुका साथै डिप्लोमा इन आईएफआरएस समेत गरेका छन् । विशेष गरी एसएमई क्षेत्रको परामर्शदाता तथा विभिन्न कम्पनीका लागि ऋण तथा शेयर पूँजी परिचालन गरेको अनुभव भएका सिए वशिष्ठसंग स्वीस राजदुतावास तथा यूएसएआईडी को एसएमईएस फर ग्रोथ फाइनाइन्सको विशेषज्ञको रुपमा सफल कार्य गरेको अनुभव छ ।
Advertisement 2
नव नियुक्त स्वतन्त्र सञ्चालक द्धय गौतम र वशिष्ठलाई क्यापिटलका अध्यक्ष प्रकाश बरालले पद तथा गोपनियताको सपथ गराएका लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विकास ढकालले जानकारी दिए ।
दुबै जनाकोे लामो कार्यनुभव तथा कुशल व्यवस्थापकीय क्षमताले उनीहरुले आगामी दिनमा यस क्यापिटलको व्यवसाय विस्तार एवं क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान गर्नेमा क्यापिटल विश्वस्त रहेको अध्यक्ष बरालले बताए ।
ज्योति विकास बैंक लिको सहायक कम्पनीको रुपमा रहेको यस क्यापिटलको चुक्ता पूँजी २१ करोड छ । हरेक ग्राहकको सम्पन्नताको सहयात्री बन्ने अभिलाषा बोकेको यस क्यापिटलले नेपाल धितोपत्र वोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमती प्राप्त गरी लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति सेवा प्रदान गरिरहेको छ ।