गलत समाचार सम्प्रेषण गरेर नागरिकलाई भ्रममा नपार्न पेय पदार्थ तथा चुरोट उद्योग संघको आग्रह

काठमाडौं । नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघले गलत समााचार सम्पे्रषण गरेर नागरिकलाई भ्रममा नपार्न आग्रह गरेको छ । संघले प्रेस विज्ञप्ती जारी गर्दै विगत केही दिन देखि विभिन्न राष्ट्रिय पत्र पत्रिकामा प्रकाशित “चुरोटमा दक्षिण एसियामै कम कर ज्यानमारा चुरोट प्रति सरकार किन उदार” भन्ने विज्ञापन प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।

Advertisement 1

केहि समयदेखि उक्त विज्ञापन प्रकाशित गरी नेपालमा हाल चुरोटमा करको भार ३३ प्रतिशत मात्र छ भन्ने कुराको सन्देश दिन खोजेको भन्दै जुन कुरा तथ्यमा आधारीत नभई भ्रामक रहेको संघका उपाध्यक्ष नवलकिशोर चौधरीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । स्वदेशी उत्पादनवाट नै राष्ट्रिय माँग पुरा गर्न सक्ने अवस्थामा रहेको चुरोट उद्योगबाट अहिले नेपालमा विभिन्न किसिमका चुरोट उत्पादन हुने गरेका जनाइएको छ ।

विज्ञप्तीमाा भनिएको छ, “चुरोटमा करको भार ३३ प्रतिशत मात्र छ भन्ने जस्ता तथ्यहिन एवं भ्रामक सूचनाबाट निती निर्माणलाई प्रभावित पार्न खोज्नु यी उद्योले पुर्याएको योगदानलाई नजरन्दाज गर्नु मात्र नभै स्वदेशी औद्योगिक उत्पादनलाई निरुत्साहन गर्नु, आयातित एवं गैर कानुनी वस्तुलाई प्रोत्साहन गर्नु, निहित स्वार्थकालागी राज्यलाई गुम्राहमा पार्न खोज्नु हो । विभिन्न कारणले नेपालमा चुरोटको बजार अवस्था हासमुख रहेको, गैर कानुनी चुरोट र सुर्तिजन्य पदार्थको व्यापार वढिरहेको अवस्था तथा वार्षिक बजेट तर्जुमा भइरहेको समयमा गलत र भ्रमपूर्ण रुपमा करको दरको अवस्थाबारे विभिन्न पत्रपत्रिका मार्फत विज्ञापन संप्रेषण गर्नु असोभनिय छ । यस्तो अपुष्ट समाचार प्रकाशीत गरि जनमानसलाई दिग्भ्रमित पार्ने कार्य कहि कतै वाट नगरि दिनु हुन यस संघ सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछ । सरकारले मिथ्यांकका आधारमा नभएर वास्तविक तथ्यांक कै आधारमा नीति निर्माण गर्ने र यस्ता मिथ्यांकवाट प्रभावित नहुने कुरामा हामी विस्वस्त छौ ।”

Advertisement 2

नेपाल सरकारको कूल राजस्वमा सूर्तिजन्य उद्योगको ४ प्रतिशत भन्दा बढी योगदान रहेको तर विगत केहि महिनादेखि सरकारको राजस्व नितिमा प्रभाव पार्ने उद्देश्यले प्रायोजित रुपमा विज्ञापन मार्फत गलत तथ्याङ प्रकाशन गरी भ्रमपूर्ण रुपमा प्रस्तुत भइरहेकोतर्फ संघको ध्यानकर्षण भएको उल्लेख छ ।

प्रकाशित :२०८१ जेष्ठ ५, शनिबार ११:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry