प्रमुख प्रशासकीय अधिकृतसहित १ दर्जनविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
Advertisement 1
आयोगले मंगलबार गाउँपालिकाका तत्कालीन अध्यक्षसमेतविरुद्ध मुद्दा दायर गरेको हो। गाउँपालिकाका तत्कालीन अध्यक्ष दीर्घनारायण अर्यालसहित उपभोक्ता समितिका पदाधिकारी पनि भ्रष्टाचारमा मुछिएका छन्।
गाउँपालिकाको वडा नम्बर १ मा आर्थिक वर्ष २०७५/७६ र ७६/७७ मा स्थानीय बजार क्षेत्रको ढलान बाटोमा गुणस्तरहीन काम गरेको पाइएपछि आयोगले मुद्दा दर्ता गरेको हो।
Advertisement 2
साथै ७६/७७ मा गाउँपालिकाबाट सम्पन्न गरिएको तल्लो बजार नाला तथा ढलान भत्किएको आरोप पनि आयोगको छ। आरोपितहरुमा तत्कालीन अध्यक्ष अर्याल, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङ, कमलप्रसाद गौतम, उपभोक्ता समितिका अध्यक्ष बालकृष्ण पौडेल, सचिव कृष्णप्रसाद पौडेललगायत छन्।