जाजरकोट बस दुर्घटनामा ५ जनाको मृत्यु, ३० घाइते

जाजरकोटमा आज विहान भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु हुनुको साथै ३० जना घाइते भएका छन । नेपालगन्ज देखि राडिबजार आउदै गरेको ना ६ ख २७५७ नम्बरको रात्री बस जाजरकोटको बराहचौर नजिक राती दुई बजे दुर्घटना भएको हो ।
Advertisement 1
जाजरकोटका प्रहरी प्रमुख डिएसपी मधुकुमार थापाले विहान २ वजे बस दुर्घटना भएको जानकारी पाएपछि परिचालित प्रहरीले घाइते हरुको उद्धारगरी जिल्ला अस्पताल जाजरकोटमा पुर्याएको बताए । मृतकहरुको पहिचान नभएको र घाइते हरुको उपचार जिल्ला अस्पताल जाजरकोटमा भइरहेको डिएसपी थापाले बताए । बस केकसरी दुर्घटना भएको वारे अनुसन्धान भइरहेको थापाले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका ३० जनाको जिल्ला अस्पताल उपचार भैरहेको छ । दुर्घटनामा दुई जना पुरुष, दुई जना महिला र एक बालिकाको मृत्यु भएको छ । दुर्घटनास्थल जिल्ला सदरमुकामबाट १० किलोमिटर पश्चिममा पर्दछ ।