आजै एकैदिन १३ जना संक्रमितको ज्यान गयो

कोरोनाभाइरसबाट नेपालमा पछिल्लो २४ घण्टामा १३ जनाको ज्यान गएको छ । आजै मात्र ५ सय ५९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजर १ सय ५ जनामा गरिएको पीसीआर परीक्षण गरिँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजर १ सय ५ जनामा गरिएको पीसीआर परीक्षणमा ४ सय ९६ जना र ७ सय २७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६३ जनामा संक्रमण पुष्टि भएको हो ।

Advertisement 1

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ५ सय २४ पुगेको छ । त्यस्तै आज कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १ सय ३८ रहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा १ सय ५९, ललितपुरमा ४४, बाँकेमा ४१, रुपन्देहीमा २९, पर्सामा २५, दाङमा २४, कास्कीमा २३, कैलालीमा १४ र मोरङमा १३ जनामा संक्रमण पुष्टि भएको छ ।

 

Advertisement 2

 

प्रकाशित :२०७७ चैत्र ३०, सोमबार १८:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry