निजामती कर्मचारी अस्पतालमा परम्परागत चिनियाँ चिकित्सा सेवा

काठमाडौं। निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) ले परम्परागत चिनियाँ चिकित्सा सेवा सुरु गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र नेपालका लागि चिनियाँ राजदूत चेन सोङले संयुक्त रूपमा ‘परम्परागत चिनियाँ अन्तर्राष्ट्रिय निदान तथा उपचार केन्द्र’ को उद्घाटन गरेका हुन्।

Advertisement 1

मन्त्री गुप्ताले यस चिकित्सा पद्धतिले आधुनिक उपचार प्रणालीलाई समृद्ध बनाएको बताए। ‘मानव शरीर, प्रकृति र ऊर्जाको सन्तुलनमा यो विधि आधारित छ। एक्युपञ्चर, हर्बल मेडिसिन, मसाज (तुइना) र खानपानसम्बन्धी परामर्शलगायत विधिले उपचार प्रणालीलाई नै समृद्ध बनाउँदै लगेको छ,’ उनले भने, ‘त्यस्तो विधि नेपालमा पनि सुरु गरिएको छ। यसले यहाँको उपचार प्रणालीलाई थप समृद्ध बनाउने विश्वास लिएको छु।’

अस्पतालका कार्यकारी निर्देशक डा विधाननिधी पौडेलले अस्पतालले अबदेखि चिनियाँ चिकित्सा पद्धति सेवा उपलब्ध गराउने बताए। उनका अनुसार चीन सरकारले जनशक्ति, औषधि र प्रविधिसहित हाल दुई जना चिकित्सक उपलब्ध गराएर सेवा दिइने छ।

प्रकाशित :२०८१ पुष ९, मंगलवार १०:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry