जीवन जिउने कलासम्बन्धी कार्यशाला

गण्डकी। ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, क्षेत्रीय कार्यालयले शनिबार ‘तनाव व्यवस्थापन एवं खुसियालीपूर्ण जीवनका रहस्य’ विषयमा कार्यशाला आयोजना गरियो।

Advertisement 1

विभिन्न पेसा, व्यवसायमा आबद्ध भएकाहरूलाई लक्षित गरी ३ चरणमा आयोजित कार्यशालामा योग तथा ध्यान प्रशिक्षक ऋषिराम न्यौपानेले सकारात्मक सोच, तनाव व्यवस्थापन, कार्य–जीवन सन्तुलन तथा मूल्यमा आधारित जीवनशैलीका विषयमा प्रशिक्षण दिएका थिए।

व्यस्त र प्रतिस्पर्धात्मक जीवनशैलीका कारण बढ्दो मानसिक तनाव र कार्यदबाबलाई सकारात्मक रूपमा व्यवस्थापन गर्दै मूल्यमा आधारित स्वस्थ, खुसी र सन्तुलित जीवनशैली विकासका लागि कार्यशाला आयोजना गरिएको ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका प्रमुख सावित्री दिदीले बताइन्।

Advertisement 2

‘सकारात्मक सोचौँ, सन्तुलित जीवन बाँचौँ, सुखमय समाज निर्माण गरौँ’ नाराका साथ सञ्चालित कार्यशालामा उच्च अदालत पोखरा बाग्लुङ इजलासका न्यायाधीश सरला पाण्डेलगायत समाजका प्रतिष्ठित व्यक्तिको सहभागिता थियो।

प्रकाशित :२०८३ श्रावण १७, आईतवार ११:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry