रसुवामा गठबन्धन फुट्यो,
रसुवामा सत्तारुढ गठबन्धन आवद्ध दलले छुट्टाछुट्टै उम्मेदवार दर्ता गरेका छन् । सोमबार दिउँसोसम्म पनि सहमतिको प्रयास भएकोमा सहमति नभएपछि सबै दलले आ-आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
Advertisement 1
नेकपा माओवादी केन्द्रले सोमबार अपरान्ह ४ बजेपछि उम्मेदवारी दर्ता गराएको जनाएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीबीच गठबन्धन गरी चुनाव लड्ने तयारी भएको थियो ।
जिल्लामा अहिले उम्मेदवारी दर्ताको काम भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बैशाख ३० गते हुने स्थानीय चुनावका लागि रसुवामा १७ दलले भाग लिँदै छन् । पाँचवटा गाउँपालिका रहेको रसुवामा २७ वटा वडा रहेका छन् ।
प्रकाशित :२०७९ बैशाख १२, सोमबार १७:५४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%