महालक्ष्मी विकास बैंकको ‘डिजिटल भुक्तानी केन्द्र’ सुरु

काठमाडौं। महालक्ष्मी विकास बैंकले ‘डिजिटल भुक्तानी केन्द्र’को सुरुवात गरेको छ। बैंकले एक कार्यक्रमको आयोजना गर्दै दरबारमार्गमा डिजिटल भुक्तानी केन्द्रको सुरुवात गरेको हो।

Advertisement 1

ग्राहकलाई अत्याधुनिक डिजिटल भुक्तानी सेवा प्रवाह गर्ने बैंकको निति बमोजिम डिजिटल भुक्तानी केन्द्र सुरु गरिएको बैंकले जानकारी दिएको छ। सो केन्द्रमार्फत विभिन्न अनलाइन भुक्तानी सम्बन्धी सेवा प्रवाह गरिने बैंकले बताएको छ।

यस अन्तर्गत सुरक्षित र आधिकारिक इलेक्ट्रोनिक भुक्तानी प्लेटफर्महरुको प्रयोग गरी बैंकले सहज, सरल र झन्झटरहित तरिकाले भिसा शुल्क तथा विदेशमा अध्ययन गर्न चाहाने विधार्थीको आवेदन तथा अध्ययन शुल्क, पीटीइ, स्याट, युएसएमएलई, जिआरई, एसीसीएलगायत कोर्सको शुल्क तथा सेभिज शुल्क भुक्तानी गरिदिने बैंकको भनाइ छ।

प्रकाशित :२०८१ मंसिर २८, शुक्रबार ११:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry