रियामार्फत खल्तीमा १६० देशबाट पैसा प्राप्त गर्दा २ सय रूपैयाँ बोनस पाइने

रियामार्फत खल्तीमा १६० देशबाट पैसा प्राप्त गर्दा २ सय रूपैयाँ बोनस पाइने भएको छ । खल्तीले १६० देशबाट रिया प्रयोग गरी सिटी एक्सप्रेसमार्फत पठाइएको रकम ‘खल्ती’ मा प्राप्त गर्दा २०० बोनस प्राप्त गर्ने अफर ल्याएको हो । खल्तीमा केवाइसी प्रमाणित प्रयोगकर्ताले जुनसुकै समयमा १६० देशबाट प्रति कारोबार १ लाख रूपैयाँसम्म प्राप्त गर्न सक्नेछन् । खल्तीको अनुसार प्राप्त रकम र बोनस स्वतः खल्तीमा लोड हुनेछ र एपको ट्रान्ज्याक्सन सेक्सनभित्र देखा पर्नेछ ।
Advertisement 1
पैसा पठाउनका लागि प्रयोगकर्ताले रिया एपमा गई सेन्ड मनिमा ट्याप गरेर सबै आवश्यक विवरण दाखिला गर्नुपर्नेछ । अन्त्यमा खल्ती चयन गरी रकम पठाउन सक्नेछन् । पैसा प्राप्त गर्ने व्यक्तिको हकमा भने रकम स्वतः खल्ती वालेटमा लोड हुनेछ । लोड भएको रकम ट्रान्ज्याक्सन हिस्ट्रीबाट हेर्न सकिने पनि विज्ञप्तिमा उल्लेख छ ।