इन्भेष्टमेन्ट बैंकको खण्डन :-समाचार तथ्यहिन,भ्रामक र कपोकल्पित

नेपाल इन्भेष्टमेन्ट बैंकले इकर्मचारी डटकमले प्रकाशन गरेको समाचारको खण्डन गरेको छ । इकर्मचाी डटकममा गत ४ चैत्रमा ”करोडौं राजश्व छल्न इन्भेष्टमेन्ट बैंकको सीइओको यस्तो दाउ” शीर्षकको समचारप्रति नेपाल इन्भेष्टमेन्ट बैंकले गम्भीर आपत्ति जनाएको हो ।
बैंकले सो समाचार तथ्यहिन,भ्रामक,कपोकल्पित भएको साथैं उक्त समाचारले बैंकको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतको चरित्र तथा प्रतिष्ठामा समेत गम्भीर आघात पुगेको भन्दै समाचारको खण्डन गरेको छ ।
Advertisement 1
हामीले सो समाचार तथ्यमै टेकेर लेखेको अवगत गराउन चाहन्छौं । सर्वाेच्च अदालतमा परेको उजुरीको आधारमा टेकेर हामीले सो समाचार प्रकाशन गरेका हौं । तलबाट बार्षिक करोडौं कर तिर्ने व्यक्तिको रुपमा परिचित सक्षम र सबल बैंकर ज्योती पाण्डे र नेपाल इन्भेष्टमेन्ट बैंकविरुद्ध करोडौं कर योग्य रकम नतिरेपछि बैंकविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको प्रमाणमा टेकेरै सो समाचार प्रकाशन गरिएको हो । सो मुद्धाको पेशी पटक पटक सारिएका कारण कतै राजश्व छल्ने बैंकको मनासय त होइन् ? भन्ने प्रश्न हामीले उठान मात्र गरेका हौं ।समाचार प्रकाशन अघि सम्बन्धित पक्ष बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेसँग हामीले पटक पटक फोन सम्पर्क गरेको थियौं यद्यपि उहाँको फोन सम्पर्क नहुँदा उहाँको भनाई राख्न र सन्तुलित समाचार सम्प्रेषण गर्नबाट हामी चुकेको महशुश गरिरहेका छौं ।
इन्भेष्टमेन्ट बैंक,बैक सञ्चालक र व्यवस्थापकहरुप्रति हाम्रो सदा उच्च सम्मान छ । उहाँहरुको प्रतिष्ठा र गरिमामा आँच पुर्याउने हाम्रो कुनै दुरासय होइन् ।
यो समाचारबाट बैंक/ बैंक सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतमा पर्न गएको असुबिधाका लागि क्षमा माग्दैं आगामी दिनमा हामीबाट यसप्रकारको गम्भीर गल्ती नदोहोर्याउने प्रष्ट पार्न चाहन्छौं ।