एनपिएल : पाँचौं खेलमा लुम्बिनी लायन्सको पहिलो जित

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको आफ्नो पाँचौं खेलमा लुम्बिनी लायन्सले पहिलो जित हात पारेको छ। लायन्सलाई मंगलबार बिहानको खेलमा चितवन राइनोजलाई ३३ रनले पराजित गरेको हो। लुम्बिनीका कप्तान रोहितकुमार पौडेलको ‘अलराउण्ड’ प्रदर्शनमा लुम्बिनी लायन्सले जितेको हो।

Advertisement 1

लुम्बिनीले दिएको एक सय ६८ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३४ रन मात्र जोड्न सक्यो। चितवनका लागि ल्युक बेनकेनस्टनले सर्वाधिक ३१ रन बनाए। त्यस्तै, कप्तान कुशल मल्लले १७ बलमा एक चौका र एक छक्काको सहयोगमा २० रन जोडे।

त्यस्तै, रवि बोपाराले १६ बलमा १२ रन बनाए। लुम्बिनीका लागि कप्तान पौडेलले ४ विकेट लिए भने रामोन सिमोन्ड्सले २ तथा सादबिन जाफर र अभिषेस गौतमले समान एक–एक विकेट लिए।

Advertisement 2

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ६७ रन बनाएको थियो। लुम्बिनीका लागि कप्तान रोहितले सर्वाधिक ८० रन जोडेका थिए। उनले ५७ बलमा ६ चौका र ५ छक्का प्रहार गरेका थिए। यसैगरी, सादबिन जफरले ३५ बलमा चार चौका र एक छक्काको मद्दतले अविजित ५२ रन बनाए।

त्यस्तै, अर्जुन साउदले १५ र टोम मुर्सले १० रन बनाए। चितवनका लागि रिजन ढकालले तीन तथा कप्तान कुशल मल्ल र रञ्जित कुमारले समान एक विकेट लिए। पहिलो खेल जितेको लुम्बिनी अंका तालिकाको पुच्छारमै छ।

Advertisement 3

यसअघि लुम्बिनी विराटनगर किंग्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्ससँग पराजित भएको थियो। चितवनले भने पाँच खेलमा तीन जित र दुई हारसहित तेस्रो स्थानमा छ।

प्रकाशित :२०८१ मंसिर २५, मंगलवार १२:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम