निको कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेटः एपिएफ र कोशी भिड्दै

जनकपुरधाम। मधेस प्रदेशमा जारी निको कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज नेपाल एपिएफ क्लब र कोशी प्रदेश भिड्दैछ। पर्साको वीरगञ्जस्थित टिबी शाह क्रिकेट मैदानमा आज उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ।
Advertisement 1
कोशी प्रदेशले बागमती प्रदेशलाई आठ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो भने नेपाल एपिएफ क्लब र लुम्बिनी प्रदेशबीचको सेमिफाइनल खेल वर्षाका कारण प्रभावित भएपछि ‘रनरेट’का आधारमा नेपाल एपिएफ क्लब फाइनलमा स्थान सुरक्षित गरेको छ।
मधेस प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेस खेलकुद परिषद् तथा नेपाल खेलकुद महासङ्घको संयोजनमा सुरु भएको प्रतियोगितामा ७ वटा प्रदेश र विभागीय टोली एपिएफ गरी ८ टोलीको सहभागिता छन्।
प्रकाशित :२०८३ असार १४, आईतवार १०:२७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








