राष्ट्रिय वाणिज्य बैंकका मर्चेन्टहरुले क्रसबोर्डर भुक्तानी पाउने

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकका मर्चेन्टहरु क्रसबोर्डर भुक्तानी पाउने भएका छन्। त्यसका लागि बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (नेपाल पे)सँग सम्झौता गरेको छ।

Advertisement 1

सम्झौताअनुसार करिब ४८ देशसँग आबद्धता रहेको अलिपे प्लसको नेटवर्क मार्फत नेपालमा क्रसबोर्डर भुक्तानी प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ। सम्झौता अनुसार नेपाल क्लियरिङ हाउसले यसको सहजीकरण गर्नेछ।

यसबाट नेपाल पे क्युआर लिएका यस बैंकका मर्चेन्टहरुले अब आफ्नो व्यापारलाई अझ बृद्धि गर्न सक्ने बैंकको भनाइ छ। नेपाल पे क्युआर हालसम्म नलिएका ग्राहकहरुले आफ्नो खाता भएको शाखामा सम्पर्क गरी यस्तो सुविधा प्राप्त गर्न सक्नेछन्।

Advertisement 2

बैंकका अनुसार चीन, थाईल्याण्ड, हङकङ, मलेसिया, ईन्डोनेसिया, फिलिपिन्स, मंगोलिया, दक्षिण कोरिया, स्विडेन तथा ईटलीलगायत अलिपे प्लस नेटवर्कमा आवद्ध देशहरुबाट आएका पर्यटकहरुले आफ्नो देशको विभिन्न वालेटमार्फत रकम भुक्तानी गर्न सक्नेछन्।

यस्तो कारोवारबाट विदेशीले नेपालमा सहजै रकम भुक्तानी गर्न सक्ने हुँदा डिजिटल कारोबारमा बृद्धि भई अर्थतन्त्र थप चलायमान हुने अपेक्षा गरिएको छ।

प्रकाशित :२०८१ मंसिर २४, सोमबार १२:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry